Comments Add Comment

कांग्रेस नेतालाई आफ्नै पार्टीका सभासदको चड्कन

८ असार, वीरगन्ज । नेपाली कांग्रेस पर्साको क्रियाशील सदस्यता विवादमा नेताहरुबीच कुटाकुट भएको छ । वीरगंजको माइस्थानस्थित गहवामाई अतिथि सदनमा सम्पन्न बैठकमा क्षेत्र नम्बर ४ को सक्रिय सदस्यता नवीकरणको विषयमा विवाद भएको थियो ।

अजय चौरसिया
अजय चौरसिया

सक्रिय सदस्यता नवीकरणको विषयमा जिल्ला कार्यसमिति सदस्य नविन सिंह र क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति श्रीकिसुन चौहानबीच छलफल भइरहेको बेला केन्द्रीय सदस्य अजय चौरसियाले हस्तक्षेप गरेपछि उनी कुटिएका हुन् ।

चौरसियाले क्षेत्रिय सभापति चौहानलाई अपशब्द प्रयोग गरेपछि नेपाली कांग्रेस पर्साका सभापति एवं क्षेत्र नम्बर ४ का सभासद सुरेन्द्रप्रसाद चौधरी प्रतिवादमा उत्रिएका थिए ।

चौरसियाले चौधरीलाई पनि अपशब्द प्रयोग गरेपछि चौधरीले नेता चौरसियालाई गालामा चड्कन हानेको प्रत्यक्षदर्शीले बताए ।  चौधरीले बाध्य भएर केन्द्रीय सदस्य चौरसियालाई चड्कन हान्नु परेको क्षेत्र न. २ का सभापति वीरेन्द्र पटेलले बताए ।

सो घटनालाई नेपाली कांग्रेस पर्साको सदस्यता विवाद प्रकरणमा केन्द्रले खटाएका केन्द्रीय पर्यवेक्षक एवम सभासद फरमुल्लाह मन्सुरले साम्य पारेका थिए । कुटाइ खाने चौरसिया सम्पर्कमा आउन चाहेनन् । उनले यो प्रकरणलाई केन्द्रमा उठाउने भएका छन् ।

चौधरी सुशील कोइराला पक्षधर हुन् भने चौरसिया शेरबहादुर देउवा पक्षका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment