+
+

पुनर्निर्माणका लागि एनआरएन युरोपियन टेली कन्फ्रेन्स

स्पेन । भूकम्पपीडितहरुलाई घर टहरा बनाउन केन्द्रित गर्ने संकल्प बोक्दै गैरआवासीय नेपाली संघको युरोपियन क्षेत्रीय बैठक सम्पन्न भएको छ । देशको पुनर्निमाण जुट्ने भन्दै एक हजार घर निर्माण गर्ने संघको यसअघिको प्रतिबद्धतालाई बैठकले दोहोर्याएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ८ गते १०:०४

spain tely confrence

बसन्त रानाभाट

स्पेन । भूकम्पपीडितहरुलाई घर टहरा बनाउन केन्द्रित गर्ने संकल्प बोक्दै गैरआवासीय नेपाली संघको युरोपियन क्षेत्रीय बैठक सम्पन्न भएको छ । देशको पुनर्निमाण जुट्ने भन्दै एक हजार घर निर्माण गर्ने संघको यसअघिको प्रतिबद्धतालाई बैठकले दोहोर्याएको हो ।

डेनमार्क, कोपेनहेगनको हिल्टन होटलमा हुने भनिएको आठौं युरोपियन बैठक तथा छैटौ महिला सम्मेलनलाई स्थगित गर्दै टेली कन्फ्रेन्समार्फत बैठक सन्पन्न भयो । आईतबार सम्पन्न बैठक ४ घण्टा लामो समय सम्म चलेको थियो ।

एनआरएनलाई विशेष जिम्मेवारीः घले

बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घलेले आफस्हरुमा ठूलो जिम्मेवारी थपिएको बताए । देशमा गएको भूकम्पपछि राहत संकलन एवम् बितरणमा राष्ट्रिय समन्वय परिषदहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै अब सबै पुनर्निर्माणमा जुट्नुपर्नेमा जोड दिए ।

बैठकले संघका अध्यक्ष घलेलाई बिशेष दुतमा नियुक्त गरेकोमा नेपाल सरकारलाई आभार प्रकट गरेको छ । सरकारसँग समन्वय गरेर दोस्रो चरणको पुर्निर्माणको कार्यमा जुट्न बक्ताहरुले जोड दिएका थिए ।

युरोप क्षेत्रका १९ देशका ६३ प्रतिनिधि सहभागी

युरोप क्षेत्रीय स्तरको टेली कन्फ्रेन्समा १९ देशका ६३ प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । युरोपमा २७ बटा राष्ट्रिय परिषद भए पनि बाँकी ८ मुलुकका प्रतिनिधिहरुको सहभागिता भने देखिएन । राष्ट्रिय परिषद्का अध्यक्षहरुले आ-आफ्ना गतिविधिहरुसहित प्रतिवेेदन पेश गरेका थिए ।

अन्तर्राष्ट्रिय परिषद् सदस्य तथा सलाहकारहरुले भने देश पुनर्निर्माणका लागि गैरआवासीयले खेल्न सक्ने भूमिकाबारे चर्चा गरेका थिए ।

यस्तै महिला संयोजक सफिला राज भण्डारी र उपसंयोजक रजनी प्रधानले महिलाहरुको अवस्था र भोगिरहेका समस्याहरुको बारेमा वैठकमा जानकारी गराए । राष्ट्रिय परिषद्हरुको गतिविधिलाई समेटेर वर्षको अन्त्यतिर स्मारिका निकाल्ने तयारी गरेको युरोप क्षेत्रले जनाएको छ ।

यस्तै आगामी युरोपियन वैठकको आयोजनाबारे टुंगो लगाउन ईच्छुक मुलुकहरुलाई लिखित रुपमा ईच्छा पत्र पठाउन अपिल समेत गरेको छ ।

बैठकले आगामी जुन २७ र २८ तारिक स्विजरल्याण्डको आराउमा हुने एनआरएनए युरो कप फुटबल प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।

वैठकमा भूकम्पपीडितहरुको सहयोगका लागि एक करोड भन्दा बढी रकम जुटाएका स्पेन र ईटलीको प्रशंसा गर्दै पटक पटक उदाहरण प्रस्तुत गरिएको थियो ।

एनआरएनए युके अध्यक्ष महेन्द्र कंडेलले आफूलाई पूर्व अध्यक्षहरुबाट असहृयोग भएकोले नै बेलायतबाट एनआरएनएले सोचे अनुरुप रकम जुटाउन नसकेको बताए ।

युरोप संयोजक अर्जुनकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न बैठकको संचालन उपसंयोजक सोम सापकोटाले गरेका थिए ।

विधान अनुसार निर्वाचन गरौ

संघका महासचिव कुमार पन्तले बिश्व सम्मेलन अगाबै हरेक राष्ट्रिय परिषद्हरुले बिधान अनुसार अधिबेशन गर्नु पर्नेमा जोड दिए । उनले संघलाई चुस्त दुरुस्त बनाउँन सबैले नियमावलीको पालना गर्नुपर्ने बताए ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले यस अघि निर्वाचनसम्बन्धी नियमावली पारित गर्दै राजनीतिक, जातीय वा धार्मिक संगठनको कार्यकारी पदमा कायम रहेकै अवस्थामा एनआरएनको कार्यसमितिमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको थियो ।

गैरआवासीय नेपाली संघमा राजनीतिक तथा जातीय स्वार्थ बढ्न थालेको आवाज उठेपछि संघले गैरराजनीतिक, गैरजातीय र गैरधार्मिक चरित्रलाई थप मजबुत बनाउन यस्तो निर्णय गर्नुपरेको बताएको थियो ।

राजनीतिक, जातीय वा धार्मिक संस्थामा आबद्ध ब्यक्तिले एनआरएनको केन्द्रीय वा राष्ट्रिय परिषद्को कार्यकारी पदमा उम्मेदवार बन्न चाहेमा त्यस्ता संस्थासँग आबद्धता तोडेको प्रमाण पेश गर्नुपर्ने संघको निर्णय थियो ।

यस्तै संघका कोषाध्यक्ष बद्री केसीले स्थापनाकालदेखि केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यहरुले शुल्क बुझाउँन बाँकी रहेको बताउँदै नामावली पढेर सुनाएको बैठकमा सहभागीहरुले जानकारी दिए ।

जोगिएको खर्च पुनर्निर्माणतिर

कोपेनहेगनको हिल्टन होटलमा हुने भनिएको बैठक स्थगित हुँदा हजारौ युरो खर्च हुनबाट जोगिएको छ । बैठकमा बिभिन्न देशबाट गरी करिब १५० देखि २०० सम्म गैरआवासीयहरु सहभागी हुने अनुमान गरिएको थियो ।

बैठक पछि युरोप उपसंयोजक सोम सापकोटाले अनलाईनखबरसँग कुरा गर्दै भने,’हामी प्रत्येक संभावित सहभागीहरुबाट ३ सय युरो उठाउँने पहल गर्छौ । यसो गर्दा ५०-६० हजार युरो संकलन हुन आउँछ । बैठकमा भाग लिदाँ लाग्ने खर्च उठाएर पुनर्निमाण कार्यमा सघाउँने छौ ।’ युरोप क्षेत्रको सो कार्यमा साथ दिन सापकोटाले गैरआवासीयहरुलाई अनुरोध समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?