+
+

असार लागिसक्यो बाँकेका विद्यालयमा किताब छैन

८ असार, नेपालगन्ज । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना लागिसक्दा पनि बाँकेको कर्णाली भनेर चिनिने बघौडा क्षेत्रका विद्यालयहरुमा पाठ्यपुस्तक पुग्न सकेको छैन । बाटोघाटोको समेत असुविधा रहेको बघौडा क्षेत्रका आधा दर्जन विद्यालयका प्रधानाध्यापकहरुले पाठ्यपुस्तकको लागि निकासा लिन बैशाखदेखि सदरमुकाम धाए पनि नपाएको गुनासो गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ८ गते १६:००

deoBanke

आरपी सुवेदी
८ असार, नेपालगन्ज । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना लागिसक्दा पनि बाँकेको कर्णाली भनेर चिनिने बघौडा क्षेत्रका विद्यालयहरुमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।

बाटोघाटोको समेत असुविधा रहेको बघौडा क्षेत्रका आधा दर्जन विद्यालयका प्रधानाध्यापकहरुले पाठ्यपुस्तकको लागि निकासा लिन बैशाखदेखि सदरमुकाम धाए पनि नपाएको गुनासो गरेका छन् ।

पाठ्यपुस्तकको लागि नेपालगन्ज आएका नेराप्रावि महतनियाँका प्रधानाध्यापक अलिमाम साफीले भने-‘बैशाखमा दुईपटक, जेठमा एकपटक र असार लाग्ने वित्तिकै जिल्ला शिक्षा कार्यालयमा किताब लिन आएँ, आज चारदिन भयो केही नपाएपछि फेरि रित्तै फर्कँदै छु ।’

वर्षा सुरु भएपछि गाडी नचल्ने भएकाले बघौडा क्षेत्रका प्रधानाध्यापकहरु त्यसअघि नै जिल्ला शिक्षा कार्यालय धाउँछन् । तर निराश भएर फर्किन्छन् । विद्यार्थीहरु पनि किताब बिना पढ्न बाध्य छन् ।

साफीले भने, ‘विद्यालयमा पढ्नको लागि आउने विद्यार्थीहरुले पाठ्यपुस्तक माग्छन् । कार्यालयले निकासा दिएको छैन । कसरी पाठ्यपुस्तक दिउँ, । अब वर्षात सुरु हुदैछ पानी पर्ने वित्तिकै साधन पनि बघौडा जाँदैन अब निकासा पाए पनि कसरी पाठ्यपुस्तक विद्यालयमा पुर्‍याउने चिन्ताको विषय बनेको छ ।’

जिल्ला शिक्षा कार्यालय बाँकेले बघौडा क्षेत्रका विद्यालयमा मात्रै पाठ्यपुस्तक, छात्रबृत्ती रकम निकासा नदिदा साहै्र कठिन भएको उनले गुनासो गरे ।

महेन्द्र मावि मटेहिया, नेराप्रावि सोनवर्षा, नेराप्रावि कोदरवेटवा, नेराप्रावि जमुनाह, नेराप्रावि महतनिया र नेराप्रावि बानियाँगाउँ बघौडाको नयाँ शैक्षिक सत्रको पाठ्यपुस्तक, नन सेलरी फण्ड र छात्रबृत्ती रकम निकासा हुन नसकेको बताइएको छ ।

एक विद्यालयका शिक्षकले भने, ‘प्रधानमन्त्री सुशील कोइरालाको गृह जिल्ला भन्नु मात्रै हो, दुर्गम कर्णालीको जस्तै हालत छ ।’

महेन्द्र मावि मटेहियाका लेखापाल त्रिलोचन यादवले तीन महिना हुँदासम्म विद्यालयले पाठ्यपुस्तकको निकासा नपाएको गुनासो गरे । उनले आफ्नो जमानीमा केही पाठ्यपुस्तक उधारोमा लगेको भए पनि पसलेको कचकच र विद्यालयमा सबैलाई पुस्तक पुर्‍याउन नसक्दा विद्यार्थी अभिभावकको कचकच सुन्न बाध्य भएको बताए ।

यसैबीच बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले बघौडा क्षेत्रका छ विद्यालयमा अख्तियारको छानविन र अनुसन्धान जारी रहेकोले रकम निकासा दिन नसकिएको बताए । उनले भने, ‘हामी चाँडै नै रकम निकासा गर्ने तयारीमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?