+
+

एमाले नेता पर्यटक बोलाउँदै सडकमा (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ८ गते १९:५३

Nepal-is-Safe-1

८ असार, काठमाडौं । विनाशकारी भूकम्प पछि पनि नेपालका पर्यटकीय गन्तव्यहरु सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेकपा एमालेले मंगलबार राजधानीमा र्‍याली आयोजना गरेको छ ।

‘भत्केकालाई बनाउँछौं, बाँचेकालाई जोगाउँछौं, सगरमाथा शिखरजस्तै नेपाललाई उठाउँछौं’ भन्ने नाराका साथ आयोजना गरिएको र्‍यालीमा एमाले नेता-कार्यकर्ता, पर्यटन व्यवसायी, सर्बसाधारण र विदेशी पर्यटकसमेत सहभागी थिए ।

Nepal-is-Safe

बसन्तपुर र ठमेल क्षेत्रमा आयोजित र्‍यालीमा सहभागीहरुले ‘नेपालमा पर्यटकहरुलाई स्वागत छ’, ‘नेपाल सुरक्षित छ’ लगायतका सन्देश लेखिएका प्लेकार्ड, ब्यानर र ऐतिहासिक पर्यटकीय गन्तव्यका तस्वीर बोकेका थिए ।

राष्ट्रियस्तरमै यस्तो अभियान चलाएको एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले बताए ।

एमाले सचिव तथा राष्ट्रिय स्वयंसेवक अभियानका प्रमुख गोकर्ण विष्टले भूकम्पका कारण पर्यटन क्षेत्रमा ठूलो क्षति भए पनि भत्किएका संरचना पुनर्निर्माण र सुरक्षित गन्तव्यहरूको प्रबर्द्धन गरी नेपाल पर्यटकहरूका लागि सुरक्षित र आकर्षक गन्तव्यका रुपमा कायमै छ भन्ने सन्देश प्रवाह गर्न जरुरी रहेको बताए ।

Nepal-is-Safe-2

प्रर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले एमालेले चलाएको अभियानमा सहभागी हुन नेता माधवकुमार नेपाल जनकपुरधाम पुगेका छन् । त्यस्तै पोखरामा सचिव पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा नेताहरु खटिए भने लुम्बिनीमा उपमहासचिव बिष्णु पौडेलको नेतृत्वमा अभियान चलाइँदैछ ।

प्युठानको स्वर्गद्वारीमा स्थायी कमिटी सदस्य शंकर पोखरेल पुगेका छन् । लुक्लामा केन्द्रीय सदस्य किशोर अधिकारी र हलेसीमा पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडालाई खटाइएको छ ।

यस कार्यक्रमअन्तर्गत निर्धारित स्थानहरूमा सरसफाइ, पदयात्रा र छलफल कार्यक्रम आयोजना गरिने र सम्भव भएसम्म विदेशी तथा स्वदेशी पर्यटकहरूलाई समेत सहभागी गराइने एमालेको राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजालले बताए ।

थप तस्वीर हेर्नुस्-

Nepal-is-Safe-3

Nepal-is-Safe-7 Nepal-is-Safe-8Nepal-is-Safe-2 Nepal-is-Safe-5 Nepal-is-Safe-6 Nepal-is-Safe

तस्वीर : विकाश श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?