Comments Add Comment

फेरि बोलचाल बन्द हुँदैछ सलमान र शाहरुखको ?

Sarukh-and-salmanमुम्बई । बलिउडका केही फिल्म पण्डितहरुले सन् २०१६ मा शाहरुख खान र सलमान खानको बोलचाल बन्द हुनसक्ने अनुमान गरेका छन् ।

बलिउड यस्तो ठाउँ हो जहाँ एक अर्कासँग नबोल्नका लागि खास कारण चाहिंदैन । शाहरुख, सलमान, ऋतिक सबैले सामान्य कारणमै केही वर्ष बोलचाल बन्द गरेको इतिहास साक्षी छ ।

भारतीय समाचार एजेन्सीले उल्लेख गरे अनुसार सन् २०१६ मा शाहरुख र सलमानले अभिनय गरेको फिल्म एउटै मितिमा प्रदर्शन हुने सम्भावना छ ।

आदित्य चोपडाको लगानी, अलि अब्बास जफर निर्देशित ‘सुल्तान’ मा सलमानले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् ।

एक्सेल इन्टरटेनमेन्ट र रेड चिल्लीज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘रईस’ मा शाहरुखले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् । यी दुबै फिल्मको रिलिज मिति पनि एकै दिन हुने बलिउडकर्मीको अनुमान रहेको छ ।

बर्षौंपछि दोस्तीको हात बढाएका यी दुई हस्तीवीच फिल्मी टकरावले फेरि बोलचाल बन्द हुनसक्ने बलिउड पण्डितहरुको अनुमान छ । बहिनीको बिबाह र सलमानको जेल प्रकरणपछि यी दुई हस्तीवीच यतिबेला सम्बन्ध सुमधुर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment