+
+

मनसुन सक्रिय, बाढी-पहिरोको जोखिम उच्च

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १० गते १०:५४

Rain at Kathmandu

१० असार, काठमाडौं । नेपालमा विहीबारदेखि मनसुन सक्रिय भएको छ । गत शनिबारदेखि मनसुन सुरु भए पनि सक्रिय थिएन । जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभर मनसुन सक्रिय भएकाले मध्य र पश्चिमी क्षेत्रमा भारी बर्षा हुने संभावना छ ।

‘देशभरको मौसममा अहिले बदली भैरहेको छ यो क्रम झरीको रुपमा पर्सीसम्म देशभरी रहन्छ,’ मौसमविद शान्ति कँडेलले भनिन् ।

विहीबार विहान काठमाडौंमा केहीबेर पानी परेको थियो । खराब मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट हुने केही राष्ट्रिय उडान प्रभावित भएका थिए ।

सावधानी अपनाउन सुझाव

मौसमविदहरुले मनसुन सक्रिय भएकाले संभावित बाढी पहिरोको खतराबाट पूर्व सावधानी अपनाउन सुझाव दिएका छन् । मौसम विज्ञान विभागले मनसुन सक्रिय भएकाले केही दिनपछि ठूलो पानी पर्ने र भूकम्पले भूबनोट कमजोर भएका जिल्लाहरुमा जोखिम बढ्ने भन्दै सचेत रहन भनेको छ ।

गत वैशाख १२ को भूकम्पका कारण ४० जिल्ला प्रभावित भएका छन् । ति जिल्लाका जोखिमयुक्त बस्तीलाई मनसुन अघि नै सुरक्षित स्थानमा सार्नुपर्ने भए पनि ढिलाइ भएको छ ।

गोर्खा, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुंगा, काभ्रे, लम्जुङ लगायतका जिल्लाहरुमा भूकम्पले जमिन चिरा-चिरा परेका छन् ।

यसबर्ष कम पानी पर्ने

ढिला गरी मनुसन सक्रिय भए पनि यसबर्ष कम पानी पर्ने पूर्वानुमान गरिएको छ । ‘मनसुन अवधिभर १४ सय २२ मिलिमिटर पानी पर्नुलाई सामान्य मानिन्छ तर यसपाली त्यति पानी पर्दैन,’ मौसमविद कँडेलले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?