Comments Add Comment

यस्तो मोबाइल एप, जसले ३७ सेकेण्डमै गराइदिन्छ गर्लफ्रेण्डसँग ब्रेकअप

love-breakupतपाइँले प्रेमी प्रेमिकाहरु खोज्न सहयोग गर्ने विभिन्न खाले डेटिङ एप्सहरुको बारेमा त सुन्नुभएकै होला । तर अब एउटा यस्तो एप पनि आउँदै छ जसले तपाइँलाई दिक्क बनाइरहेको तथा छुटकारा पाउन चाहेको प्रेमसम्बन्धबाट मुक्त गराइदिनेछ । सम्बन्ध विच्छेदका लागि हप्तादिन वा महिनादिन लाग्ने पनि होइन, केबल ३७ सेकेण्डमा तपाइँले छुटकारा पाउन सक्नुहुन्छ ।

बाइन्डर Binder नामको उक्त एप बनाउनेहरुको दाबी अनुसार यसले युवकहरुलाई ३७ सेकेण्डमै गर्लप|mेण्डसँग ब्रेकअप गराइदिन्छ । यो एप अब छिटै प्ले स्टोरमा उपलब्ध हुने बताइएको छ ।

यो मोबाइल एप आएपछि अब प्रेम सम्बन्ध टुंगाउन चाहनेहरुले आफ्नो प्रेमिकाको अगाडि गएर बोल्नुपनि आवश्यक हुनेछैन । यो एपले ती सबै मसला तयार पारिदिनेछ जोे गर्लफ्रेण्डसँगको ब्रेकअपका लागि पर्याप्त हुनेछन् ।

यो एपले सबैभन्दा पहिले गर्लफ्रेण्डको बारेमा केही जानकारी माग्नेछ, जस्तै नाम, उनको फोटो, फोन नम्बर आदि । त्यसको ३७ सेकेण्डमै यो एपले आफै एक खतरनाक अडियो फाइल तयार गर्दछ । त्यसपछि उक्त अडियोलाई भ्वाइसमेल तथा टेक्स्ट म्यासेजमा बदलेर त्यसलाई गर्लफ्रेण्डको मोबाइलमा पठाइदिनेछ । बस, त्यहीँ एउटा अपि्रय म्यासेज तपाइँको गर्लफ्रेण्डका लागि पर्याप्त हुनेछ र उनी तपाइँसँगको प्रेमसम्बन्धलाई अन्त्य गर्न बाध्य हुनेछिन् ।

रोचक कुरा त के भने यो Binder एप काम तथा नाम दुबै दृष्टिले डेटिङ एप Tinder को उल्टो रहेको छ । टिन्डर एउटा लोकेसन बेस्ड एप हो जसको माध्यमबाट प्रयोगकर्ताहरुले नयाँ नयाँ साथी तथा सम्बन्धहरु बनाउँछन् । तर बाइन्डर भने हुँदाखाँदाको सम्बन्धलाई तोड्नमा सहयोगी बन्दछ ।

यो बाइन्डर एपको सबैभन्दा ठूलो कमजोरी भनेको के भने यो केवल केटाहरुको लागि लक्षित छ । अर्थात् यसलाई केवल केटाहरुले मात्र प्रयोग गर्न सक्छन्, केटीहरुले होइन । यसले केटाहरुलाई गर्लप|mेण्डबाट मुक्ति दिलाउन मद्दत गर्दछ ।

तर महिलाहरुका लागि पनि चिन्ता मान्नुपर्ने विषय छैन । किनकी अब छिटै केटीहरुका लागि लक्षित गर्दै बिन्डिम नामक एप आउँदैछ । यो एपले केटीहरुलाई उनीहरुको ब्वायफ्रेण्डबाट मुक्ति दिलाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment