Comments Add Comment

एनअारएन उपाध्यक्ष भट्टले गरे एक लाख सहयोग घोषणा

bhawan bhatta

स्विट्जरल्याण्ड । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष भवन भट्टले भूकम्प पीडितलाई सहयोग पुग्ने गरी एक लाख सहयोग घोषणा गरेका छन् ।

स्विट्जरल्याण्डको अराउमा आयोजित यूरोप स्तरीय फूटबल प्रतियोगिताको उद्घाटन समारोहमा उनले खेलका माध्यमबाट समाजमा एकता र जीवनमा मार्ग दर्शन मिल्ने बताउदै भूकम्पपीडितहरुका लागि प्रयोग हुने गरी एक लाख नेपाली रुपैयाँ सहयोग घोषणा गरेको हीरालाल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले खेलको माध्यामबाट दुई देशको सम्बन्ध स्थापित गर्न तथा नेपालका भूकम्पपीडितहरुको सहयोगका लागि ठूलो मद्दत पुग्ने बताए ।

कार्यक्रममा गैरआवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद यूरोप क्षेत्रका संयोजक अर्जुनकुमार श्रेष्ठ, एनआरएनए स्विट्जरल्याण्डका वर्तमान अध्यक्ष धर्म गुरूङ, एनआरएनए स्विट्जरल्याण्डका संस्थापक अध्यक्ष संजय मुडवरी, स्विट्जरल्याण्डबाट आईसीसी सदस्य शिव रिजाल, एनआरएनएका निवर्तमान अध्यक्ष डा. विनय श्रेष्ठलगायतले मुलुकको पीडामा साथदिन आफूहरुले कुनै कसुर नराख्ने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment