Comments Add Comment

सरकारलाई शिक्षक महासंघको पाँच दिने अल्टिमेटम

१३ असार, काठमाडौं । नेपाल शिक्षक संघले विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारलाई पाँच दिनको समयसीमा दिएको छ ।

Teachers

महासंघले आईतवार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी असार १९ गतेसम्म आफूहरुले अघि सारेका माग र विगतमा सरकारले गरेका सहमति कार्यान्वयन नगरे त्यसपछि कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।

महासंघले विगतमा भएका सहमति कार्यान्वयन गर्न, शिक्षा ऐन संसोधन विद्येयक तत्काल पारित गर्न, शिक्षा मन्त्रालयले सिर्जना गरेको समस्या समाधान, नियन पद, प्राविधिक शिक्षकको समस्या समाधान तथा दुर्गम भत्ता र पोशाक भत्ता उपलब्ध गराउनु पर्ने माग राखेको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष केशब निरौलाले सरकारले विगतमा आफूहरुसँग धेरै सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै असार १८ गतेसम्म कार्यान्वयनमा ध्यान नदिए १९ गतेबाट कडा आन्दोलन गर्ने बताए ।

महासंघका महासचिव तिलक कुँवरले सरकारले आफूहरुसँग पटक पटक सम्झौता गर्दै कार्यान्वयन नगरी धोका दिएको भन्दै यसको विरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिए । यद्यपि उनले आफूहरुको आन्दोलनबाट कक्षा कोठा बन्द नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment