+
+

दोलखाका होटल अब टहरामा

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १४ गते ७:२९

१४ असार, दोलखा । भीमेश्वर नगरपालिका १० रमिने डिलभन्दा ठिकमाथि मजदुरहरु १० दिनदेखि टहरा निर्माणमा जुटेका छन् । सडकको ट्रयाक खोल्ने र सोलिङ गर्ने कामदेखि टहरा सजावटमा उनीहरु विहानदेखि साँझसम्म जुटिरहेका देखिन्छन् ।

यी टहरा कुनै अस्थायी बसोबासको नभएर होटल सञ्चालनका लागि भएको कारोबार दैनिकमा खबर छ ।

चरिघ्याङमा सञ्चालन भइरहेको होटल प्याराडाइजको घरै ढलेपछि ब्यवसायी मिङगुर शेर्पाले नयाँ कटेज बनाउन थालेका हुन् । तत्काल ६ वटा कटेजबाट शुरु गर्ने होटल विस्तारै थप गर्दै जाने शेर्पाले बताए ।

पर्याप्त पार्किङसहित १० वर्षका लागि जग्गा भाडामा लिएर होटलको संरचना बनाउन लागिएको जानकारी उनले दिए ।

चरिघ्याङकै होटल शैलुङ भिलेजले पनि कटेज बनाउन भीनपा-१० सिम्पानीमा ६ रोपनी जग्गा भाडामा लिइसकेको छ । भूकम्पयता अग्लो घरका होटलमा पर्यटक पस्नै डराउन थालेपछि स-साना कटेज निर्माणमा लागेको क्षेत्रीय होटल संघ दोलखाका सचिवसमेत रहेका सञ्चालक सन्तोष पाठकले बताए । अहिले पर्यटक आवागमनको अफसिजन भए पनि असोजदेखि सञ्चालनमा ल्याउने गरी पूर्वाधार निर्माण भइरहेको छ ।

प्याराडाइज होटल रहेको घरका मालिक निमा शेर्पाले पनि अर्को सानो होटल सञ्चालनमा ल्याइसकेका छन् । विदेशको कमाइबाट घर बनाएर होटल किनेका शेर्पाको घरसहित होटल पनि पूर्ण क्षति भएपछि एक महिना लगत्तै सानो होटल खोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?