Comments Add Comment

पत्रकार सुरक्षाका लागि प्रतिवद्ध छौं : शर्मा

१४ असार, काठमाडौं । राष्टिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोग पत्रकारहरुको सुरक्षा र प्रेस स्वतन्त्रताको संरक्षणमा प्रतिवद्ध रहेको बताएका छन् ।

युनेस्को काठमाडौं कार्यालय र सेन्टर फर मिडिया फि्रडमले काठमाडौमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा शर्माले आयोगले विगतमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न सिफारिस गरेको बताए । ‘पत्रकारमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन आवश्यक छ । त्यसका लागि आयोगले सम्वन्धीत निकायलाई निरन्तर दवाव दिइरहेको छ’ उनले भने-‘मिडियाको प्रयासले नै नेपाली जनताले सूचनाको हकसम्बन्धी संवैधानिक अधिकार प्रयोग गर्न पाएका छन् ।’

उनले भूकम्पपछि मिडियाले खेलेको भूमिकाको पनि प्रशंसा गरे । हरेक वर्ष मे ३ को दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएपनि महाविनासकारी भूकम्पका कारण ढिलो मनाइएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले हालै तयार भएको संविधानको पहिलो मस्यौदाले प्रेस स्वतन्त्रतलाई झन संकुचित पारेको बताए । ‘हाल तयार भएको मस्यौदामा प्रेस स्वतन्त्रता सम्बन्धी बन्देजात्मक प्रावधानहरु बढी छन्, जुन हामीलाई स्वीकार छैन’ विष्टले भने ।

राष्टिय सूचना आयोगका आयुक्त किरण पोखरेलले पत्रकारले सूचनाको हकलाई अझै पनि प्रभावकारी रुपमा प्रयोग गर्न नसकेको बताए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण वहादुर कार्कीले मिडियाले लोकतन्त्र स्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।

युनेस्को काठमाडौंको पत्रकार सुरक्षा तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी कार्यक्रममा संयोजक लक्ष्मणदत्त पन्तले पत्रकारहरुको सुरक्षाका सम्वन्धमा भईरहेका गतिविधीहरुबारे जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment