Comments Add Comment

बुधबार बिहान भूकम्पका दुई धक्का महशुस

Sunkhani

१६ असार, काठमाडौं । बुधबार बिहान भूकम्पका दुई पराकम्पन महशुस भएका छन् ।

बिहान ३ बजेर ३३ मीनेटमा सिन्धुपाल्चोक बतासे नजिकै केन्द्र विन्दु बनाएर ४ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो भने बिहान ९ बजेर १२ मीनेटमा दोलखाको सुनखानी नजिकै केन्द्र बनाएर ४ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

यसअघि मंगलबार काभ्रेपलाञ्चोकलाई केन्द्र बिन्दु बनाएर बिहान ३ बजेर ३१ मीनेट जाँदा ४.४ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको छ ।

गत वैशाख १२ गते गएको भुकम्पपछि दुई महिना वितिसक्दा पनि पराकम्पन जाने क्रम रोकिएको छैन् । ४ रेक्टर स्केल म्याग्नेच्यूटको क्षमता भएका तीन सयभन्दा बढी भूकम्पका पराकम्पन भएको मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment