Comments Add Comment

संविधान जारी भएको बढीमा दुई सातामा नयाँ प्रधानमन्त्री

१६ असार, काठमाडौं । प्रस्तावित मस्यौदामा कुनै संशोधन नभए नयाँ संविधान जारी भएको बढीमा दुई सातामा नयाँ प्रधानमन्त्री चयन हुने भएको छ ।

संविधानसभामा मंगलबार अबेर पेश भएको नयाँँ संविधानको पहिलो एकीकृत मस्यौदा अनुसार संविधान जारी भएको बढीमा दुई सातामा नयाँ प्रधानमन्त्री चयन हुनेछ ।
election deadline
संक्रमणकालीन व्यवस्था अन्तरगत धारा १८८ मा मन्त्रिपरिषद् गठनसम्वन्धी व्यवस्था गरिएको छ । धारा १८८ को उपधारा २ मा भनिएको छ-यो संविधान प्रारम्भ भएपछि धारा २८६ को उपधारा ६ बमोजिम आहृवान गरिएको व्यवस्थापिका संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुुनेछ ।’

प्रस्तावित संविधानको यो व्यवस्था अनुसार संविधान जारी हुँदा संसदको अधिवेशन चलिरहेको छ भने बढीमा सात दिनमा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिसक्नु पर्नेछ । तर, संसदको अधिवेशन चलेको छैन भने नयाँ प्रधानमन्त्री चयनका लागि अर्को एक साता समय लाग्नेछ ।

प्रस्तावित संविधानको धारा २८६ को उपधारा ६ मा ‘संविधान लागू हुँदा संसदको अधिवेशन चलिरहेको रहेनछ भने संविधान प्रारम्भ भएको मितिले सात दिनमा व्यवस्थापिका संसदको अधिवेशन आहृवान गर्नेछ’ भनिएको छ ।

एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले अनलाइनखबरसँग भने-दलीय सहमतिका आधारमा यो व्यवस्था गरिएको हो । यस आधारमा दुई सातामा प्रधानमन्त्री चयन हुनेछ ।’

यसअघि कार्यदलले तयार पारेको मस्यौदामा रुपान्तरित संसदको अधिवेशन प्रारम्भ भएको एक महिनाभित्र प्रधानमन्त्रीको निर्वाचन गरी मन्त्रिपरिषद् गठन गर्ने प्रस्ताव गरिएको थियो ।

राष्ट्रपति र उपराष्ट्रपति ३७ दिनमा चयन

प्रस्तावित मस्यौदामा संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने उल्लेख छ । तर, तर, रुपान्तरित संसदको अधिवेशन चलेको छैन भने नयाँ प्रधानमन्त्री चयनका लागि अर्को एक साता समय लाग्नेछ ।
यस आधारमा नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न बढीमा ३६ देखि ३८ दिन लाग्ने देखिन्छ ।

यसैगरी संविधान जारी भएको २० दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने व्यवस्था गरिएको छ । यस आधारमा नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न बढीमा २७ दिन लाग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment