+
+

प्रधानमन्त्रीले भने-लिपुलेक हाम्रो भूमि हो

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १६ गते ११:१८

१६ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेक नेपाली भूमि भएको भन्दै यसको विवाद चाँडै समाधान गरिने बताएका छन् । युवा संघ नेपालले लिपुलेकबारेको सम्झौता खारेज गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले लिपुलेक नेपाली भूमि भएको र यसलाई कार्यान्वयन गर्न लागि परेको बताए ।

Susil-koiralaलिपुलेकका विषयमा परराष्ट्रविद्हरुसँग पनि छलफल भइरहेको भन्दै प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयलाई पनि चाँडो लिपुलेकको समस्या समाधान गर्न सम्बद्ध मन्त्रालयका कर्मचारीलाई आदेश दिएको कोइरालाले बताएका थिए ।

युवा संघले नेपालको संक्रमणकालिन राजनीतिको फाइदा उठाउने उद्देश्यले भएको लिपुलेकबारेमो सम्झौताको विषयलाई नेपाल सरकारले अबिलम्ब पहल गर्नुपर्ने, चीन र भारतबीच भएको यो सम्झौताले नेपालको सार्वभौमसत्तामाथि गरेको नाङ्गो हस्तक्षेप भएको ठहर गरेको उल्लेख गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको युवासंघको टोलीले दुई छिमेकी राष्ट्रबीच अबिलम्ब कुटनीतिक पहल गरी वार्ता र सम्वादमार्फत लिपुलेकको सम्झौता खारेज गराउन माग गरेको भेटमा सहभागी नारायण पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?