+
+

अनलाइनखबरकर्मी खानलाई युवा पत्रकारिता पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १६ गते १२:१०

१६ असार, काठमाडौं । मधेसी पत्रकार संघ काठमाडौंले अनलाइनखबरकर्मी सलमान खानलाई युवा पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छ ।

Salman-Khan,-Bhairahawaअनलाइनखबरको भैरहवा सम्वाददाता खानलाई शहीद रमेश महतो युवा पत्रकारिता पुरस्कार ०७२ बाट सम्मान गर्ने संघले निर्णय गरेको हो ।

०७१ सालको सोही पुरस्कार सिराहाका मिथीलेस यादवलाई दिइने छ ।

यस्तै गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारिता पुरस्कार काठमाडौंका ईन्द्रकान्त मिश्र र अनिल कुमार अनललाई दिइने छ ।

यस्तै उमा सिंह महिला पत्रकारिता पुरस्कार पर्साकी माधुरी महतो र धनुषाकी ज्योत्सना कर्णलाई प्रदान गर्ने निर्णय भएको संघका अध्यक्ष कुमार विवेकानन्द मिश्राले जानकारी दिए ।

पुरस्कार यही असार १९ गते काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाबाट वितरण हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?