+
+
Shares

मन्दिरका माछा मरेपछि क्षमा पूजा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १३:२३

७ जेठ, तनहुँ । तनहँको आँधिमूल मन्दिर परिसरमा रहेका पोखरीका माछा मर्न थालेपछि सोमबार क्षमापूजा गरिएको छ । आँबुखैरेनी गाँउपालिका-१ मा रहेको उक्त मन्दिरमा केही दिन यता धमाधम माछा मर्न थालेका थिए ।

आँधिमूल मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाले माछा मर्न थालेपछि स्थानीयहरुको सहभागितामा सोमबार मन्दिर परिसरमा सामूहिक रुपमा क्षमा पूजा गरिएको जानकारी दिए ।

‘देवी माता रिसाएका कारण यस्तो हुन सक्ने भएकाले क्षमा पूजा गरिएको हो’, उनले भने, ‘मन्दिरमा परम्परागत रुपमा चली आएको रितिरिवाजअनुसार नै पूजा सम्पन्न गरिएको छ ।’

मरेका माछालाई काजकिरिया गरी खाडल खनेर अन्येष्टि गरिएको थियो । जलदेवताका रुपमा विश्वास गरिने भएकाले माछा मरेपछि अनिवार्य रुपमा काजकिरिया गर्नुपर्ने संस्कार रहेको समितिले जनाएको छ ।

यता पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले गरेको अनुसन्धानमा माछा मर्नुको कारण ‘एसिड डेथ’ देखिएको छ । गाँउपालिकाका अध्यक्ष शुक्र चुमानले पोखरामा गरिएको परीक्षणको क्रममा पानीमा धेरै मात्रामा इकोली नामक जीवाणु रहेको र एसिड डेथ भएको रिर्पोट आएको बताए ।

‘दिन दिनै धमाधाम माछा मर्न थालेपछि प्राविधिक टोली पुगेर उक्त पोखरीको पानी, दानाको नमुना संकलन गरेर पोखरा पठाइएको थियो’, चुमानले भने, ‘परीक्षणको क्रममा एसिड डेथ भएको खुलेपछि बचेका माछा मुख्य पोखरीमा सारिएको छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?