Comments Add Comment

विरोधका बीच संविधानसभा नियमावली निलम्बन

Subas-Nemwang

  • असन्तुष्ट सभासदहरुले नाराबाजी गर्दा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ

१७ असार, काठमाडौं । राप्रपा नेपाल र केही मधेसवादी दलहरुको विरोधका बीच संविधानसभा कार्यसंचालन नियमावलीको नियम ९३ को उपनियम ३ निलम्बन गरिएको छ ।

संविधानसभा बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले कांग्रेस सभासद चिनकाजी श्रेष्ठले नियम निलम्बनसम्वन्धी प्रस्ताव पेश गर्न समय दिए लगतै सभासदहरुले राष्टम घेरेका थिए ।

तर, उनीहरुको नाराबाजीका बिच प्रस्ताव पेश भएको छ र बहुमतले नियम निलम्बन भएको छ ।

कांग्रेस मुख्य सचेतक चिनकाजी श्रेष्ठले पेश गरेको नियमावली निलम्बनको प्रस्तावलाई एमालेका अग्नी खरेल र एमाओवादीका गिरिरामणि पोख्रेलले समर्थन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment