Comments Add Comment

हाँस्न सिक्दै नायिका श्वेता खड्का

Shweta-Khadka-2

१९ असार, काठमाडौं । नायिका श्वेता खड्काले अमेरिका भ्रमणमा पाएको मायाले आफ्नो घाउमा मलहम लगाएको प्रतिक्रिया दिएकी छन् ।

विवाह भएको एक महिना नवित्दै नायक पति र्श्रीकृष्ण श्रेष्ठको निधनपछि श्वेता शोकमा थिइन् । उनको स्वास्थ्यमा पनि समस्या आएको थियो ।

उनी अहिले अमेरिका भ्रमणमा छिन् । पतिको निधनपछि आफ्नो कर्मपिता बसन्त श्रेष्ठले आफूलाई संसार देखाएको उनले बताएकी छन् ।

‘कसलाई थाहा थियो हाम्रो देशमा यति ठूलो घटना घट्छ भनेर । यस्तै भयो मेरो जिन्दगीमा पनि’ उनले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्-खुसीको संसारबाट अन्धकारमा पुगेको थिएँ । फेरि पनि यो झिलिमिली संसार (अमेरिका) देख्छु जस्तै लागेको थिएन ।’

Shweta-Khadka

उनले अघि भनेकी छन्-हाँस्न विर्सेकी रहेछु, अरुले हाँस्दा हास्न सक्दिँन थिएँ । फेरि पनि सबै घाउलाई लुकाएर मलाई हाँस्न सिकाउनु भयो ।’

श्वेताले अमेरिकाका विभिन्न शहरमा आफ्नो चलचित्र कोहिनूर प्रदर्शनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । उनले भनिन्-‘मेरो श्रीमानलाई दिनु भएको श्रद्धा अनि, मलाई अथाह माया र हौसला प्रदान गरी मेरो घाउमा मलहम पट्टी लगाउनु भयो । तपाईहरुको मायाले अगाडि बढ्ने हिम्मत मिलेको छ ।’

अमेरिकामा कोहिनूर प्रदर्शनबाट उठेको रकम भूकम्प प्रभावितहरुका लागि सहयोग गरिनेछ । उनले भनिन्-यो सहयोगको भावना राखिदिनु भएकोमा नेपाल र नेपालीकी छोरी हुनुमा नै गर्व छ ।’

Shweta-Khadka-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment