Comments Add Comment

ग्रान्डीमा सघन उपचार नर्सिङबारे कार्यशाला

Grande

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले शनिबार सघन उपचार तथा नर्सिङ केयर बिषयक कार्यशाला आयोजना गरेको छ ।

ग्रान्डी अस्पतालका सघन उपचार बिभागका क्लिनिकल को-अर्डिनेटर डाक्टर सुवास आचार्यले संयोजन गरेको कार्यशालामा आइसियूका डाक्टरहरु र नर्सहरुसँगै अन्य बिभागका डाक्टर र नर्सिङ स्टाफहरुको उल्ल्ख्य सहभागिता रहेको थियो ।

अस्पतालको अत्यन्त सम्वेदनशील मानिने सघन उपचार कक्ष (आइसियू) को वारेमा ग्रान्डीका नर्सिङ स्टाफलाइ पुनर्ताजगी गराउने र विश्व स्तरको सेवाका लागि तयार पार्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको आचार्यले बताए ।

ग्रान्डी अस्पतालकी नर्सिङ डाइरेक्टर एल.डि.महर्जन सहभागीहरुलार्इ स्वागत गरिन् भने नर्सिङ उप निर्देशक लक्ष्मी केसीले कार्यशालाले अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरुको शिप र दक्षता अभिबृद्धि गर्नुका साथै सघन उपभचारका क्षेत्रमा भएका बिभिन्न पछिल्ला अध्ययन र उपलव्धिहरुबारे समेत जानकारी गराए ।

कार्यशालामा अस्पतालको सघन उपचार कक्षमा कार्यरत डाक्टरहरु डाक्टर सुवास आचार्य, डाक्टर सौरभ प्रधान, डाक्टर बसन्त गौली, डाक्टर प्रशान्त त्रिपाठी, डाक्टर अबिनाश गुरुङ, डाक्टर सबिन कोइराला, डाक्टर आशिष अमात्य, डाक्टर बिभूष श्रेष्ठ र डाक्टर सुसिल खनालले सघन उपभारका बिबिध आयामहरुवारे प्रशिक्षण दिए ।

त्यसैगरी अस्पतालका सिनियर नर्सिङ स्टाफहरु समिना अमात्यले बिरामीको शिरदेखी पाउसम्मको नर्सिङ निरिक्षणबारे प्रशिक्षण दिए भने आइसियू नर्सिङ इन्चार्ज शर्मिला मालीले सघन उपचारकक्षमा बिरामीको हेरचाहबारे प्रशिक्षण दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment