+
+

दिपकको लगानीमा बन्ने भयो ‘छ भने माया छपक्कै लाइदेउ न’, दीपा निर्देशक बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २३ गते १०:१०

deepak-and-deepa
चलचित्र ‘वडा नम्बर ६’को प्रदर्शन मिति घोषणा गरेसँगै निर्माता तथा कलाकार दिपकराज गिरीले नयाँ चलचित्र बनाउने तयारी थालेका छन् । यसपटक उनले आफ्नै सहकर्मी कलाकार दीपाश्री निरौलालाई निर्देशनमा डेब्यू गराउँदै ‘छ भने माया छपक्कै लाइदेउ न’ निर्माण गर्न लागेका हुन् ।

हाल यो चलचित्रको धमाधम कथा लेख्ने काम भैरहेको दिपकले जानकारी दिए । दीपाले यो चलचित्रका लागि संझौता गरेकी भने छैनन् । तर, उनले लामो समयको कलाकारिताको अनुभवलाई संगाल्दै चलचित्र निर्देशन गर्ने पक्का भएको हो ।

चलचित्रमा यसपटक कोही पनि नायक नहुने दिपकको भनाई छ । चलचित्रमा मह जोडी बाहेक सबैजसो हाँस्य कलाकार देखिनेछन् । चलचित्र ‘वडा नम्बर ६’ असोज १ गतेबाट प्रदर्शनमा आएपछि ‘छ भने माया छपक्कै लाइदेउ न’को छायांकन सुरु हुनेछ ।

चलचित्र ‘६ एकान ६’ हिट भएपछि दिपक, दीपा र निर्मल शर्माले मिलेर चलचित्र ‘वडा नम्बर ६’ निर्माण गरेका हुन् । दीपालाई अर्का कलाकार निर्मल शर्माले पनि नयाँ चलचित्रको निर्देशनका लागि अफर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?