+
+

राष्ट्रपतिले चार दलका नेतालाई शीतलनिवास बोलाए

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २५ गते १०:३१

२५ असार, काठमाडौं । १६ बुँदे सहमति लगायतका विषयमा भित्रीरुपमा असहमत हुँदै आएका राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार बिहानै शीतलनिवासमा प्रधानमन्त्रीसहित चार दलका शीर्ष नेतालाई बोलाएका छन् ।
Sital-Niwas-Final
बिहान साढे ८ बजेदेखि करिब दुईघण्टासम्म चारदलका नेता र राष्ट्रपतिवीच छलफल भएको छ । देशको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी लिन भन्दै राष्ट्रपति डा. यादवले बोलाएपछि प्रमुख दलका शीर्षनेता शीतलनिवास पुगेका हुन् ।

शीतल निवासमा राष्ट्रपतिको निम्तो मान्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेस जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?