+
+

राइटपाथ करियर काउन्सिलिङको ‘ग्रान्ड एजुकेसन कनक्लेभ’ सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १४:४१

काठमाडौं । राइटपाथ करियर काउन्सिलिङले सञ्चालन गरेको ‘ग्रान्ड एजुकेसन कनक्लेभ-२०२४’ सम्पन्न भएको छ ।

काठमाडौंको पुतलीसडकस्थित राइटपाथको केन्द्रीय कार्यालयबाट २९ वैशाखमा सुरु भएको कनक्लेभ ८ जेठमा ललितपुरको कुमारीपाटी शाखा कार्यालयमा आएर सम्पन्न भएको हो ।

काठमाडौंबाट सुरु भएको कनक्लेभ ३१ वैशाखमा धनकुटा, ३ जेठमा हेटौंडा, ४ जेठमा चितवन, ५ जेठमा बुटवल, ६ जेठमा दाङ र ८ जेठमा ललितपुरमा आएर सम्पन्न भएको राइटपाथले जनाएको छ ।

कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाएको राइटपाथले जनाएको छ ।

कार्यक्रममा उच्चशिक्षा हासिल गर्न विद्यार्थीहरूले बुझ्न चाहेको सही सूचना उपलब्ध गराउन सफल भएको राइटपाथको भनाइ छ ।

करिब पाँच हजार विद्यार्थीमाझ यस कार्यक्रमलाई पुर्‍याउने लक्ष्य रहे पनि त्योभन्दा धेरै विद्यार्थीलाई कनक्लेभमा सहभागी गराउन सफल भएको आयोजकको भनाइ छ ।

कनक्लेभमा विभिन्न देशका २० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधि तथा टेस्ट पिपेरेसन आईएल्स टेस्ट पीटीई साथै बैंक, इन्स्योरेन्सको समेत उपस्थिती रहेको थियो ।

ग्रान्ड एजुकेसन कनक्लेभमा अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा, कोरिया, डेनमार्क, यूएई लगायत विभिन्न देशको बारेमा विद्यार्थीलाई काउन्सिलिङ गराउन कनक्लेभ सफल भएको आयोजकले जनाएको छ ।

कनक्लेभमा विभिन्न देशका विश्वविद्यालयको स्कलरसिपदेखि ६ हजार पर्ने आईएल्स मात्र २ हजार ८१ रुपैयाँमा पढ्न पाउने अफर विद्यार्थीलाई प्रदान गरिको राइटपाथले जनाएको छ ।

कनक्लेभमा गायिका अञ्जु पन्त र मिस नेपाल २०१६ तथा राइटपाथकी ब्रान्ड एम्बास्डर अश्मि श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

राइटपाथ करियरका सीईओ फिलिप डिसीले लामो समयदेखि विद्यार्थीलाई शैक्षिक परामर्श तथा भाषाका कक्षाहरू सञ्चालन गर्दै आएको र विगतमा जस्तै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू नियमित आयोजना गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?