Comments Add Comment

कांग्रेस सभासद रञ्जित कर्णमाथि आक्रमण

२९ असार, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष एवं सभासद रञ्जित कर्णमाथि हाँडीगाउँस्थित उनकै निवासमा आक्रमण भएको छ । कर्णमाथि कार्याकर्ताले कालोमसी दलेका छन् ।

Ranjit-karnaखुकुरी र रड बोकेर आएका नेविसंघकै कार्यकर्ताले कर्णको शरीरमा कालोमसी दलेर भागेको कर्णले बताए । ‘उनीहरु खुकुरी र रड लिएर आएका थिए, त्यसबाट उम्कन सफल भएँ’ सभासद कर्णले अनलाइनखबरसँग भने, ‘तर उनीहरुले कालोमसीजस्तो चिज छर्केर गए ।’

आफ्नै कार्यकर्ताहरुले आफूमाथि आक्रमण गरेको कर्णले बताए । उनीहरुले पैसा मागेको र आफूले दिन सक्ँदिन भन्दा घरमै आएर आक्रमण गरेको उनले बताए ।

तर, नेविसंघको असन्तुष्ट पक्षले भने कर्णले कार्यकर्ताबाट पैसा खाएको भन्दै विरोध जनाएका छन् । नेपाल इञ्जिनियरिङ क्याम्पस चाँगुनारायणमा खगेन्द्र कार्कीको अध्यक्षतामा रहेको इकाइ कमिटीलाई कर्णले भंग गरेका थिए ।

कार्कीको ठाउँमा अध्यक्ष कर्णले भुवन भट्टको नेतृत्वका अर्को कमिटी बनाएका थिए । भट्टबाट पैसा खाएर कर्णले कार्कीको कमिटी भंग गरेको उनीमाथि असन्तुष्ट पक्षको आरोप छ । कर्णले अरु ठाउँमा पन यिसैगरी पैसा खाएर कमिटी भंग गर्ने र आफ्ना मान्छे ल्याउने गरेको आरोप आरोप असन्तुष्ट पक्षको छ । तिनै असन्तुष्ट कार्यकर्ताले कर्णलाई मसी दलेको बताइएको छ ।

आफूले आक्रमणकारीविरुद्ध प्रहरीमा जाहेरी दिएको सभासद कर्णले  अनलाइनखबरलाई बताए । कर्णले आफ्ना प्रतिद्वन्दी नेविसंघ नेता कुन्दन काफ्लेको नाममा समेत प्रहरीमा उजुरी दिएका छन् ।

तर, कुन्दनले भने यो घटना असन्तुष्ट कार्यकर्ताबाटै भएको हुन सक्ने भन्दै कर्णलाई सभासद र नेविसंघको अध्यक्ष पदबाटै हटाइनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment