+
+

१ बर्ष अगाडि नै सार्वजनिक भयो साहरुखको ‘रइस’ टिजर(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १ गते १२:२७

raees-poster
सन् २०१६ को ईदमा प्रदर्शनमा आउने  पक्का भएको बलिउड नायक साहरुख खान अभिनित चलचित्र ‘रइस’को टिजर सार्वजनिक गरिएको छ । रेड चिल्ली इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक युटुब च्यानलबाट टिजर सार्वजनिक गरेको हो ।

साहरुख खानलाई नयाँ अवतारमा देखाइएको यो चलचित्रको टिजर प्रदर्शन हुनुभन्दा ठिक १ बर्ष अगाडि सार्वजनिक गरिएको छ । टिजरमा साहरुखको संवाद शैली र गेटअपले उनका करोडौ फ्यानमा उत्साह थपिदिएको छ ।

राहुल ढोलाकियाको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान गुजराती डनको अवतारमा देखिएका छन् । चलचित्रको छायांकन अझै बाँकी छ । साहरुखले ट्विटरमा पोष्टर र टिजर सार्वजनिक गर्दै उत्साह व्यक्त गरेका छन् । चलचित्रमा नवाजिद्दिन सिद्धिकी र पाकिस्तानी कलाकार माहिरा खानको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?