Comments Add Comment

असारमा मात्रै बजेटको २० प्रतिशत खर्च

३ साउन काठमाडौं । सरकाले बिनियोजित बजेट समयमै खर्च गराउन ठूलै कसरत गरेपनि सन्तोषजनक उपल्धि हासिल गर्न सकेन । वर्षभरी खर्च नगरी बस्ने र असारमा आएर खर्च गरी बजेटको दुरूपयोग गर्ने प्रवृत्ति यसपटक पनि उस्तै देखिएको छ ।

Bujetआर्थिक वर्ष २०७१/७२ को असार महिनामा मात्र १ खर्ब २२ अर्ब ७२ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यो कूल बजेटको २० प्रतिशत रकम हो ।

वर्षका एघार महिनामा कूल ३ खर्ब ८८ अर्ब ९७ करोड खर्च भएको थियो । असार मसान्तको खर्चसमेत गरी सरकारले गत आर्थिक वर्षमा ५ खर्ब ११ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेको छ । गत आवका लागि सरकारले ६ खर्ब १८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

भूकम्पका कारण अर्थ मन्त्रालयले गत आवमा कुल बजेटको ८० प्रतिशतको हाराहारीमा खर्च हुने अनुमान गरेको थियो ।

खर्च भएकोमध्ये ३ खर्ब ३६ अर्ब ८० करोड साधारण खर्च हो । त्यस्तै, ८१ अर्ब ५८ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्थातर्फ १ खर्ब २ अर्ब ३९ करोड विनियोजन गरिएकोमा ९३ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment