+
+

वैद्य माओवादी र समाजवादी फोरम पनि सुझाव संकलनमा सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३ गते १७:१९

३ साउन, ओखलढुंगा । संविधानसभा बहिस्कार गरेको मोहन बैद्य नेतृत्वको नेकपा-माओवादी र सुझाव संकलन बहिस्कार गरेको संघीय समाजवादी फोरम नेपालले ओखलढुंगामा भने संविधानको प्रारम्भीक मस्यौदामाथिको छलफलमा भाग लिएका छन् ।

ओखलढुंगाका दुवै क्षेत्रबाट निर्वाचित सभासदद्धय यज्ञराज सुनुवार र रामहरि खतिवडाको नेतृत्वमा भएको सुझाव सकलनमा दलहरुबीचको छलफलमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका नेता रुपक फुँयाल पर्वत र समाजवादी फोरमका पदम तामाङले आ आफ्नो दलको तर्फबाट सुझाव दिएका हुन् ।

संविधानसभाले साउन ४ र ५ गते सुझाव संकलनको समय तोके पनि ओखलढुंगामा साउन २ गतेदेखिनै बिभिन्न समुदायसँग सुझाव संकलन जारी रहेको क्षेत्र नम्बर १ का सभासद यज्ञराज सुनुवारले बताए । ‘स्थानीय जनताले उत्साहजनक रुपमा सहभागिता जनाएका छन्’ सुनुवारले भने-‘संविधान चाँडो आवस,सकेसम्म सिमांकन पनि टुंगियोस भन्ने सुझाव छ ।’

सुझाव संकलन बिभिन्न गाउँ र सदरमुकाममा समेत भएको छ । सुझाव संकलन गर्ने टोलीमा एम्ाालेका यज्ञराज सुनुवार, हर्कबोल राई र शकुन्तला राजभण्डारी छन् भने कांग्रेसका रामहरी खतिवडा र एमाओवादीका राम कार्की सहभागी छन् ।

सबै कार्यक्रममा पाँचैजना सभासदले भाग लिइरहेका छन् । जनताले संविधान भन्दा पनि विकास निर्माणका कुरा बढि उठाएको सभासद खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?