+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

प्रत्यक्ष निर्वाचित कार्यकारी मान्न कांग्रेसलाई दबाब

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ७ गते ६:५८

७ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार संविधान निर्माणका विषयमा छलफल भएको छ । प्रचण्डले जनताको सुझाबअनुसार संविधानको मस्यौदा परिमार्जन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
Prachanda-and-susil
प्रचण्डले शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने, संघीय प्रदेशहरूको सीमांकन टुंग्याउनुपर्नेलगायतका जनताको सुझाबअनुसार मस्यौदा परिमार्जन गर्नुपर्ने प्रस्ताव गरेका छन् । जनमतको सम्बोधन नगरे जनताको अपमान हुने र जनताले संविधानमाथि अपनत्व महसुस नगर्ने उनको भनाइ रहेको नयाँ पत्रिकामा खबर छ ।

‘सुझाब संकलनका क्रममा जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुनुपर्छ, संघीयताको सीमांकन अहिल्यै टुंग्याउनुपर्छ, नागरिकता आमा वा बुबाको नामबाट लिन पाउनुपर्छ भन्ने मत राखेका छन्,’ भेटमा प्रचण्डको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव चूडामणि खड्काले भने, ‘जनताले उत्थान गरेका यी विषयवस्तुको संविधानमा सम्बोधन गरेर जानुपर्छ ।’

जनताको राय मान्नुपर्ने प्रचण्डको प्रस्तावपछि प्रधानमन्त्री कोइरालाले धर्मबारे जनताले सुझाब दिएको विषयमा पनि छलफल गर्नुपर्ने सर्त राखेका छन् । ‘तपाईंले राख्नुभएको कुरामा छलफल गरौँला ठीक छ,’ भेटमा कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर जनताले त धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रताका कुरा पनि उठाएका छन् । त्यसबारेमा पनि कुरा गरौँ ।’ संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाब लिन प्रधानमन्त्री कोइराला बाँके र एमाओवादी अध्यक्ष प्रचण्ड सिरहा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?