Comments Add Comment

सेयर बजारमा चलखेल गर्न दिउसै मौद्रिक नीति !

७ साउन, काठमाडौं । बिहीबार दिउसो २ बजे र्‍याडिसन होटलमा राष्ट्र बैंकका गभर्नरले आर्थिक वर्ष २०७२/०७३ को मौद्रिक नीति सार्वजानिक गरिरहँदा नेपाल स्टेक एक्सचेञ्जमा सेयर कारोबार भइरहेको थियो ।

जब गभर्नरले मौद्रिक नीतिमार्फत बैंकहरुको पुँजी अत्यधिक बढाउने व्यवस्था गरिएको घोषणा गरे । तब, सेयर बजारमा उछाल आयो ।

सामान्यतया यसअघिका गभर्नरले सेयर करोबार भइरहेको अवस्थामा मौद्रिक नीति ल्याएका थिएनन् ।

‘सेयर कारोबार भइरहेको बेला बैंकको पुँजी बढाउने व्यवस्था भएको मौद्रिक नीति ल्याउनुको नियत सेयर बजारमा खुलेआम चलखेल गर्नु हो ।’ सेयर विश्लेषक रविन्द्र भट्टराईले अनलाइनखबरसँग भने ।

दिउसो २ बजे ९ सय ६८ अंक रहेको नेप्से सूचक ३ बजे बजार बन्द हुँदा १००३ अंक पुग्यो । १२ बजे कारोबार खुल्दा नेप्से ९६३ अंकमा थियो ।

Shareमौदि्रक नीति घोषणा सुरु भएपछिको एक घन्टामा मात्रै नेप्से परिसूचक ३५ अंकले बढेको तथ्यले पनि राष्ट्र बैंकका उच्च अधिकारीहरुको नियत सेयर बजारमा चलखेल गराउनु नै भएको देखिन्छ ।

‘२ अर्ब रहेको चुक्ता पुँजी २ बर्षमा ८ अर्ब पुर्‍याउन संभव नै छैन’ भट्टराईले भने- ‘नेप्से सूचक माथि पुगेको देखाउन गभर्नरले हुनै नसक्ने व्यवस्था गरेका हुन् ।’

सेयर बजारमा चलखेल नगर्ने नियत नभएको भए विहान १२ बजे अघि या दिउसो ३ बजे पछि मात्रै यस्तो संवेदनशील मौद्रिक नीति ल्याइनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment