+
+

विप्लवको बन्दमा राष्ट्रिय झण्डाको दुरुपयोग ! (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ८ गते १८:१०

८ साउन, काठमाडौं । विप्लव माओवादीको मोर्चाले शुक्रबार आयोजना गरेको नेपालबन्दमा बन्दकर्ताहरुले देशको राष्ट्रिय ध्वजाको प्रयोग गरेका छन् । राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि ०६९ मा यसरी राष्ट्रिय झण्डाको दुरुपयोग गर्न नपाइने व्यवस्था छ ।
nepal banda (4)
नेपाल बन्दका क्रममा सडकमा उत्रिएका विप्लव माओवादीका कार्यकर्ताले हातमा राष्ट्रिय झण्डासमेत बोकेका थिए ।
गृहमन्त्रालयले बनाएको कार्यविधिको दफा ११ मा राष्ट्रिय भण्डाको दुरुपयोगमा निषेध गरिएको छ । राष्ट्रिय झण्डाको अपमान हुने गरी कुनै कार्य गर्न नहुने, झण्डा च्यात्न वा फ्याँक्न नहुने र फहराउने प्रकृतिको कार्यमा बाहेक अरु काममा प्रयोग गर्न नहुने कार्यविधिमा उल्लेख छ ।
National flag
मुलुकको राष्ट्रिय झण्डालाई बन्द र हडतालहरुमा भन्दा शान्ति र मेलमिलापका लागिमात्रै प्रयोग गर्ने प्रचलन रहँदै आएको छ । गृह मन्त्रालयले बनाएको कार्यविधिमा झण्डा टाँग्ने र झिक्ने बेलामा बाहेक अरुबेला झण्डालाई बोकेर हिँड्नु हुँदैन । फहराउने प्रयोजनमा मात्रै राष्ट्रिय झण्डाको प्रयोग गरिनुपर्छ ।

तर, विप्लव माओवादीका कार्यकर्ताले शुक्रबार दलको झण्डाकै सरहमा राष्ट्रिय झण्डाको प्रयोग गरेर सडकमा उत्रिए । राष्ट्रिय झण्डा बोकेर सडकमा नाराबाजी गरिरहेका बन्दकर्तालाई प्रहरीले देखेर पनि केही गर्न सकेन ।

लिपुलेक नेपालकै हो भन्ने सन्देश दिनका लागि राष्ट्रिय झण्डासहित प्रदर्शन गरिएको हो भने पनि त्यसलाई एक हदसम्म नसुहाउने भन्न मिल्दैनथ्यो होला । तर, बलजफ्ती नेपालबन्दको आयोजना गरेर, जनताका सवारी साधनमा आगजनी गर्ने कार्यमा यसरी राष्ट्रिय झण्डा बोक्नु कार्यविधि अनुसार कानूनी कार्य होइन ।

भिडियो हेर्नुहोस्

राष्ट्रिय झण्डालाई सबैले सम्मान गर्नुपर्छ । राष्ट्रिय झण्डा बोकेको व्यक्तिले आफ्नै देशको नागरिकलाई पिटेको पनि सुहाउँदैन र देशको झण्डा बोकेर सवारी साधनमा रोक लगाएको पनि सुहाउँदैन भन्ने तर्क बुद्धिजीवीहरुले गरेका छन् ।

राष्ट्रिय झण्डा बोकेको व्यक्तिलाई प्रहरीले लाठीचार्ज गरेको वा गिरफ्तार गरेको पनि शोभनीय हुँदैन । त्यसैले दलहरुले आफ्नो कार्यक्रममा, अझ ध्वंश र आन्दोलनका कार्यक्रममा राष्ट्रिय झण्डा र दलको झण्डा एकैसाथ प्रयोग गर्दा राष्ट्रिय ध्वजाको अपमान भएको विज्ञ बताउँछन् । यसबारेमा बेलैमा बहस गरिएन भने भोलि हाम्रो देशको राष्ट्रिय झण्डालाई हुलदंगामा समेत प्रयोग गर्ने सम्भावना बढेको छ ।

दलको कार्यक्रममा राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने पहिलो नम्बरको पार्टी राप्रपा नेपालसमेत हो । कलम थापा नेतृत्वको राप्रपा नेपालले आफ्नो दलको हरेक कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?