Comments Add Comment

चालकलाई ट्याक्सीभित्रै राखेर विप्लवका कार्यकर्ताले आगो लगाए


taxi-fire

  • विप्लव माओवादीका कार्यकर्ताले जलाएको ट्याक्सी । तस्वीर : कविन्द्र भट्ट

कविन अधिकारी

८ साउन, काठमाडौं । विप्लव माओवादीका कार्यकर्ताले चालकलाई भित्रै राखेर ट्याक्सीमा आगजनी गरेका छन् ।

आगजनीपछि चालक भागेका कारण कुनै मानवीय क्षति हुन पाएन । तर, ट्याक्सी पूर्णरुपमा जलेको छ ।

शुक्रबार दिउँसो नयाँ बजारबाट सोह्रखुट्टेतर्फ गइरहेको बा १ ज २३०१ नम्बरको ट्याक्सीमाथि धारा गल्लीमा आगजनी भएको हो ।

प्रहरीका अनुसार २/३ जनाको समूहले गुडिरहेको ट्याक्सीलाई रोकेर कता जाने भन्दै सोधेका थिए । कुराकानीका क्रममा चालकलाई भित्रै राखेर उनीहरुले ट्याक्सीमा आगजनी गरेका थिए ।

डीएसपी सीताराम रिजालले अनलाइनखबरसँग भने-‘चालक भित्रै भएको अवस्थामा उनीहरुले पोको फालेर भागेपछि ट्याक्सी बल्न थालेको रहेछ ।’

ट्याक्सी बल्न थालेपछि चालकले भागेर ज्यान जोगाएका छन् । तर, ट्याक्सी पूर्णरुपमा जलेको छ ।

आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आगजनीका थप तस्वीर हेर्नुस्

Fire on taxt at nayabazar, kathmandu (1) Fire on taxt at nayabazar, kathmandu (2) Fire on taxt at nayabazar, kathmandu (3) Fire on taxt at nayabazar, kathmandu (4) Fire on taxt at nayabazar, kathmandu (5) Fire on taxt at nayabazar, kathmandu (6) Fire on taxt at nayabazar, kathmandu (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment