+
+

कति बढ्ला नेप्से इन्डेक्स ?

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १० गते ११:२६

१० साउन, काठमाडौं । बैंकको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्‍याउने मौदि्रक नीति सार्वजानिक भएपछि पहिलोपटक आज -आइतबार) सेयर बजारमा कारोबार हुँदैछ ।

मौद्रिक नीति सार्वजानिक भइरहँदा बिहीबार ४० मिनेटमै ३५ अंकलेब ढेको नेप्से आइतबार निकै उच्च अंकले बढ्ने आँकलन गरिएको छ ।

शुक्रबार र शनिबार संभावित क्रेतालाई फोन गरी बिहीबारको मूल्यभन्दा २५/३० प्रतिशत बढी मुल्यमा सेयर बुक गर्न लगानीकर्ताहरुले फोन गरिरहेका छन् । लगानीकर्ताहरुले दला कम्पनीलाई आइतबार बजार खुल्नेबित्तिकै बिहीबारको भन्दा ३० प्रतिशतसम्म बढी मुल्यमा बुक गर्न आग्रह गरिरहेका छन् ।

बिहीबार मौदि्रक नीति सार्वजानिक भएसँगै सेयर बजारमा ठूलो चासो देखिएको छ । मौदि्रक नीतिको प्रभस्वरुप केही समय निरन्तर सेयर बढ्ने अनुमानमा लगानीकर्ताहरु लगानी गर्न उत्साहि देखिएका छन् ।

कति पुग्ला त नेप्से इन्डेक्स ?

बिहीबार ४० अंकले बढेको नेप्से इन्डेक्स आइतबार ७० देखि १०० अंकसम्म बढ्न सक्ने एक सेयर दलालले बताए ।

‘धेरै लगानीकर्ताहरुले हामीलाई फोन गरेर बुक गर्न आग्रह गरिरहेका छन्’ उनले भने- तर, बिक्री गर्छु भन्नेको संख्या छैन ।

आपूर्तिको तुलनामा माग अत्यन्तै उच्च रहेकाले सेयर बजार बढ्ने उनले बताए । ‘यतिधेरै माग छ कि आइतबार मात्रै नेप्से इन्डेक्स १०० अंकसम्म बढ्न सक्छ’ उनले भने ।

चिरञ्जीबीकै रेकर्ड तोड्छ

विश्लेषकहरूले नेप्से इन्डेक इतिहासकै उच्च बिन्दुमा पुग्नसक्ने बताएका छन् । यसअघि २०६५ भदाै १५ गते नेप्से इन्डेक्स ११७५ अंकमा पुगेको थियो । बिहीबार बजार बन्द हुँदा नेप्से १०००३ अंकमा थियो । साउन महिनाभरमा नेप्से ११७५ माथि पुग्न सक्ने विश्लेषण गरिएको छ । भदाै महिनासम्ममा अधिकांस बैंक तथा वित्तीय संस्थाहरूले लाभांसको घोषणाा गरेपछि भने नेप्सेमा सुधार अाउने विश्लेषकहरू बताउँछन् ।

ठूला, कम पुँजी भएका र धेरै नाफा कमाउनेको सेयर बढ्छ

धेरै नाफा कमाउने, ठूला र कम पुँजी भएका संस्थाहरूको सेयर मूल्य बढ्ने विश्लेषण गरिएको छ । धेरै नाफा कमाउने बैंकले बोनस सेयर दिएर र अर्को केही संस्था गाभेर तोकिएको चुक्ता पुँजी पुर्याउने अनुमानमा सेयरमूल्य बढ्ने विश्लेषण गरिएको हाे । तर कम चुक्ता पुँजी भएका र  कम नापफा भएका बैंकहरूले पुँजी पुर्याउन नसकेर मर्ज वा एक्वायरमा जानुपर्ने विश्लेषण गर्दै सेयर मूल्य खासै नबढ्ने अनुमान गिरएकाे छ ।

यो पनि पढ्नुहोस्- सेयर बजारमा चलखेल गर्न दिउसै मौद्रिक नीति !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?