+
+

चिर्पट प्रहार गरी युवकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ११ गते ८:३८

११ साउन, इलाम । इलामको दानाबारीमा चिर्पट प्रहारबाट एक युवाको मृत्यु भएको छ ।

दानाबारी-८ आँपटारी निवासी २५ वर्षीय ‘बाघसिंह’ भनिने गंगाराम राईको चिर्पट प्रहारबाट आइत्बार मृत्यु भएको हो । उनलाई स्थानीय सागर राईले सामान्य विवादको क्रममा चिर्पट प्रहार गरेको प्रहरी चौकी लोदियाका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवले जानकारी दिए ।

यादवका अनुसार मादक पदार्थ सेवन गरेका राईले गंगारामलाई आइतबार बिहान चिर्पट प्रहार गरेका थिए । हत्यामा संलग्न रहेको आशंकामा राईसहित अन्य पाँचजनालाई प्रहरीले  नियन्त्रणमा लिएको बताइएको छ ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलाम लगिएको प्रहरी सहायक निरीक्षक शिवराम दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?