Comments Add Comment

बैतडीमा चितुवाको आक्रमणबाट किशोरी घाइते

१२ साउन, बैतडी । चितुवाको आक्रमणबाट बैतडीमा एक किशोरी घाइते भएकी छन् । सोमबार साँझ चितुवाले आक्रमण गर्दा बैतडीको दुर्गम उदयदेव गाविस ७ रथडी गाउँका ज्ञानसिंह महताकी १५ वर्षीया छोरी कमला घाइते भएकी हुन् ।

Leopard, Chituwaसोमबार साँझ साढे ६ बजेतिर घर नजिकै घाँस काटिरहेकोबेला नरभंक्षी चितुवाले कमलालाई आक्रमण गरेको थियो । कमला चिच्याएको सुनेर गाउँलेहरु होहल्ला गरेपछि चितुवा भागेको थियो ।

उनको घाँटी र छातिमा घाउ छ । स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि घाइते कमलालाई सुदूरपश्चिम उपक्षेत्रिय अस्पताल डडेल्धुरा लगिएको स्थानीय वीरेन्द्र महताले जानकारी दिए ।

बैतडीको उदयदेवमा गत असार २८ गते पनि ६ वर्षीया बालिका ललिता साउदलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । उदयदेवमा चितुवाको आक्रमण बढेपछि स्थानीय आतंकित भएका छन् ।

विनोदबाबु विष्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment