Comments Add Comment

कार्यकर्ता छाड्न प्रहरीलाई २४ घण्टे अल्टिमेटम

१४ साउन, काठमाडौं । मोर्डन इन्डियन स्कूलको बस जलाएको अभियोगमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई २४ घण्टा भित्र रिहा गर्न विप्लव माओवादी नेतृत्वको अखिल क्रान्तिकारीले माग गरेको छ ।

क्रान्तिकारी अध्यक्ष शरद रसाइलीले विहीबार विज्ञप्ति निकालेर पक्राउ परेका खड्क केसी र नरेश ठकुरी निर्दोष रहेको दाबी गर्दै रिहा गर्न माग गरेका हुन् । उनीहरु कीर्तिपुर प्रहरीको हिरासतमा छन् ।

यही साउन १२ गते भृकुटीमण्डपबाट पक्राउ परेका ताहाचल क्याम्पस इकाइका सहसचिव केसी र ठकुरीलाई बस आगजनीको घटनाबारे जानकारी नै नभएको दाबी गरिएको छ ।

उनीहरुलाई २४ घण्टाभित्र रिहा नगरे मोर्डन इन्डियन स्कूलका कुनै पनि बस गुड्न नदिने चेतावनी विज्ञप्ति मार्फत् दिइएको छ ।

हेर्नुस् विज्ञप्ति 

Press-statement-of-Akhil-Kr

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment