Comments Add Comment

कानुनको अभावमा सडकमा गाई

१७ साउन, काठमाडौं । कानुन अभावमा काठमाडौं महानगरपालिकाले छाडा गाईबस्तु सडकबाट हटाउन सकेको छैन् । वर्षौदेखि छाडा गाईबस्तु उपत्यकाबाहिर पठाउँदै आएको महानगरपालिकाले सडकलाई छाडा गाईबस्तु मुक्त पार्न भने सकेको छैन् ।

फाइल तस्वीर
फाइल तस्वीर

‘आज उपत्यकाबाहिर पठायो, भोलि फेरि सडकमा उत्तिनै देख्छिन्,’ महानगरपालिका कार्यान्वयन महाशाखाका प्रमुख धनपति सापकोटाले भने, ‘बलियो कानुन नहुँदा सोचेजस्तो काम गर्न सकिएको छैन् ।’

स्थानीय स्वायत्त शासन ऐन २०५५ को नियम (९६)मा ‘छाडा पशुृ पक्राउ गरी लिलाम गर्ने’ व्यवस्था छ । ‘एनले यो व्यवस्थाकै भरमा नगरपालिकाले छाडा पशु पूर्ण रुपमा सडकबाट मुक्त गर्न सक्दैन् ।’ उनले भने ।

उनका अनुसार नगरभित्र पालिने गाईबस्तु दर्ता गर्ने र लगत राख्ने प्रणाली नहुँदा र काम नलाग्ने पशु सडकमा छाडिँदा नियन्त्रण गर्न कठिन भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment