Comments Add Comment

बन्दुक पड्किदा शिकारी घाइतेे, हतियारसहित ३ पक्राउ

गौतम श्रेष्ठ
१७ साउन, गौर । अबैध हतियार बोकेर जंगलमा शिकार खेल्न गएको अवस्थामा बन्दुक पड्किदा एक शिकारी गम्भीर घाइते भएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका १४ का चार युवाहरु शनिवार राति चाँदी खोलाको जंगलमा शिकार गर्न गएकाबेला भरुवा बन्दुक पडकिदा २१ बर्षीय सुरज विक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घाइते विकलाई आफन्तले प्रहरीलाई जानकारी नदिइकन राति नै चितवन मेडिकल कलेज भरतपुरमा उपचारको लागि पुर्‍याएका थिए । चितवन मेडिकल कलेजमा रहेका डिउटीमा रहेका प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई गोलि लागेको घाइतेबारे रौतहट प्रहरीलाई जानकारी दिएपछि उक्त स्थानमा खोजतलास गर्दा झाडीमा भरुवा बन्दुक फेला परेको थियो ।

शिकार गर्न गएका युवाहरुको अनुसन्धान गर्दै जाँदा चन्द्रपुर नरगालिका १४ का २३ वर्षीय तिर्थ लामा, २२ वर्षीय नविन खत्री र १८ वर्षीय राजु लामालाई प्रहरीले आइतवार विहान नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक सुधीरराज शाहीले बताए ।

शाहीका अनुसार बन्दुक पड्कीएर घाइते भएका विकको हात, निधारलगायत शरिरका विभिन्न भागमा छर्राहरु लागेको र अवस्था गम्भीर रहेको बताए ।

रौतहटको जंगल क्षेत्रबाट अवैध रुपमा बँदेल, हरिण र विभिन्न चराहरुको लुकीछिपी शिकार हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment