Comments Add Comment

अनेरास्ववियु चितवनको जिल्ला अधिवेशन आज

२० साउन, चितवन । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु चितवनको २७ औं जिल्ला सम्मेलन पार्टी कार्यालय भरतपुरमा हुँदै छ । एक बर्ष भित्रै गर्नुपर्ने जिल्ला अधिवेशन विवादका कारणले ४ बर्षपछि मात्र हुन लागेको हो ।

Deb-Pathak-and-Rohit-Subedi
देव पाठक र रोहित सुवेदी (दायाँ)

नयाँ नेतृत्वका लागि जिल्ला कमिटीका उपाध्यक्ष देवप्रसाद पाठक र रोहित सुवेदी मुख्य चुनावी प्रतिस्पर्धामा छन् ।

ओली र नेपाल पक्षको लफडा

अनेरास्ववियुका जिल्ला उपाध्यक्ष देवप्रसाद पाठक र निवर्तमान अध्यक्ष केशव कण्डेल समानान्तर कमिटीका संयोजक बनेपछि संगठन भित्र बिबाद चुलिएको थियो । निकै लामो समयसम्म जिल्ला अधिवेशन नगराएर पदमा टाँसिएको भन्दै केशव कण्डेललाई हुत्याएर जिल्ला कमिटी उपाध्यक्ष देव पाठक सम्मेलन आयोजक समितिको संयोजक बनेपछि गतिविधीहरु समानान्तर बनेका थिए ।

सम्मेलनले आगामी १ वर्षका लागि ३९ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । अधिवेशनमा चितवनका स्ववियू चुनाव हुने १३ वटा क्याम्पसबाट पाँच जनाका दरले ६५ जना, पाँच निर्वाचन क्षेत्रबाट २५ जना र २६ औं जिल्ला सम्मेलनबाट निर्वाचित ३३ जना गरी कुल १२३ जना प्रतिनिधि छन् ।

अनेरास्ववियू केन्द्रीय कमिटीले चितवनको जिल्ला सम्मेलन सम्पन्न गराउन केन्द्रीय सचिव राधिका खतिवडाको संयोजकत्वमा नारायणी अञ्चल कमिटीका ईन्चार्ज निशा अधिकारी, सहईन्चार्ज फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य सुदीप रेग्मी, ऋषिकेश रेग्मी र विद्यार्थी इन्चार्ज रामप्रसाद न्यौपाने रहेको अध्यक्षमण्डल गठन गरेको थियो ।

सम्मेलनमा सकेसम्म सहमति र नभए निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरिएको निर्वाचिन कमिटी संयोजक अधिकारीले जानकारी दिइन् ।

पाठक र सुवेदी प्रतिष्पर्धामा

अध्यक्ष पद हत्याउन जिल्ला कमिटीका उपाध्यक्ष देवप्रसाद पाठक र रोहित सुवेदी मुख्य चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्षमा उम्मेद्वारी दिने पाठक पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्षका अर्का प्रत्यासी रोहित सुवेदी नेता माधवकुमार नेपाल पक्षका हुन् ।

जिल्ला सचिवमा सप्तगण्डकी बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश आचार्य र वीरेन्द्र क्याम्पसका अध्यक्ष विमल केसी तथा विपीन पाठक र हरि श्रेष्ठले दावी गरेका छन् ।

सुयाँलले पाठकलाई सघाउने

अध्यक्षमा आफ्नो दावी पेश गरेका विद्यार्थी नेता स्वरूप सूँयालले अध्यक्षमा देवप्रसाद पाठकलाई सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार विहान विज्ञप्ती जारी गरी सुयाँलले संगठनलाई व्यवस्थित गर्न र एकताबद्ध बनाउन पाठकलाई सहयोग गर्ने निर्णय गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment