Comments Add Comment

हङकङको कार्यक्रमलाई प्रतिभाको खोजी

काठमाडौं ।  ‘हामी उठ्ने छौं’ अभियानअन्तर्गत हङकङमा हुने सांस्कृतिक कार्यक्रमका लागि नवप्रतिभाको खोजी थालिएको छ । भूकम्पपछि पुनर्निर्माणमा सहयोग जुटाउन उक्त कार्यक्रम गर्न लागिएको हो ।

नाच्ने गाउने वा यस्तै कुनै विशेष प्रतिभा हुने दुईजनालाई उक्त कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । अभियानको फेसबुक पेज ‘वी विल राइज’ मार्फत यस्तो आह्वान गरिएको हो । पहुँच नपुगेका नव-प्रतिभाहरूलाई अवसर प्रदान गर्ने उद्देश्य अनुरूप यस्तो प्रयास थालिएको कार्यक्रम संयोजक निर्मल श्रेष्ठले बताए ।

हङकङ आवतजावतको सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्नेछन् । यसका लागि इच्छुक जोकोहीले कम्तीमा एक मिनेटको भिडियो फुटेज वी.विल.राइज.नेपाल एट जिमे ल डट कममा साउन २५ भित्र पठाउनु पर्नेछ ।

हङकङ नेप्लिज तेक्वान्दो एसोसिएसनको आयोजनामा हुने कार्यक्रममा सहभागिता जनाउन एक दर्जन बढी चर्चित कलाकार त्यहाा पुग्नेछन् । कार्यक्रम चीनको राष्ट्रिय दिवसका दिन अक्टोबर १ मा युङ लङ थिएटरमा हुनेछ । सोही दौरान भूकम्पसम्बन्धी फोटो प्रदर्शनी पनि गरिनेछ । हङकङ, मकाउ र चीनका नेपालीहरूको सहयोगमा यो अभियानले सिन्धुपाल्चोकको कर्थलीस्थित दलित बस्तीमा पुनर्निर्माणको काम थालेको छ ।

यसअघि अस्थायी घरटहरा, बाल उद्यान, स्कुल पुनर्निर्माण लगायतका लागि करिब ४५ लाख खर्चेको यस अभियानले अब दीर्घकालीन हितका योजनासहित अघि बढ्ने जनाएको छ ।

अभियानले ‘हामी उठ्ने छौं…’ बोलको शीर्ष गीतसमेत तयार पारेको छ । रमण घिमिरेको शब्द र राजु सिंहको संगीत रहेको गीतमा उदय र मनिला सोताङले स्वर भरेका छन् । सुब्रत आचार्यले यसको निर्देशन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment