Comments Add Comment

चितवनलाई बेग्लै प्रदेश बनाऔं

जेएन थपलिया (अध्यक्ष, नेकपा एमाले, चितवन)
चितवनका पाँचै निर्वाचन क्षेत्रका जनताको ब्यापक सहभागितामा सुझाव संकलनमा रह्यो । जनताले असाध्यै राम्रा कुराहरु सुझावमा दिएका छन् । विगत ६० बर्षदेखि जनताले आफ्नो प्रतिनिधिहरुको सहभागितामा संविधान बनाएको हेर्न चाहन्थे, त्यो अब पूरा हुने अवस्थामा छ ।

JN-Thapaliyaहामीले चितवनलाई टुक्राउन दिनुहुँदैन भनेर आन्दोलन गरेका हौं । अहिले पनि नेकपा एमाले चितवनलाई कुनै पनि हालतमा टुक्राउन दिने पक्षमा छैन । चितवन सम्भव भएसम्म छुट्टै प्रदेश हुनुपर्छ । नभए पनि केन्द्रशासित प्रशासनिक राज्यका रुपमा रहनुपर्छ । र, यसले यो पाउन सक्ने सम्भावना पनि छ ।

चितवन केही लोभीपापी र देशमा बिखण्डन चाहनेहरुका लागि बाधक पनि थियो र छ पनि । त्यही कारणले उनीहरु चितवनको अलग पहिचान र भूमिकालाई टुक्राउन, छिन्नभिन्न गर्न षडयन्त्रमा थिए । अब त्यो कुरा एकादेशको कथा भएको छ ।

चितवनका जनता जागरूक छन् । चितवन बोल्दा देश नै बोल्ने अवस्था छ । अब चितवनमा क्षेत्रीय कार्यालयकाहरु ल्याउनुपर्दछ । बन, शिक्षा, कृषि लगायतका क्षेत्रीय कार्यालयहरु ल्याउनुपर्दछ र जनतालाई सहज र सुलभ सेवा प्रदान गर्नुपर्दछ ।

सानो कामका लागि पनि काठमाडौं जानुपर्ने वाध्यताको अन्त्य चितवनले गर्न सक्छ । यसलाई दोस्रो राजधानी बनाउनुपर्दछ ।

Chitawan

अब काठमाडौंमा न त स्पेश नै छ न त त्यहाँको भूगोलले नै साथ दिएको छ । काठमाण्डौको कमजोर भूगोलका कारणले राजधानी नै चितवन सार्नुपर्दछ । चितवन आउन समस्या पनि छैन ।

चितवन सबैतिरको सेन्टरमा छ । धेरै पहुँचमा छ । समथर भूमि, हावापानी राम्रो छ । प्रयाप्त जमिन छ । वन्यजन्तु संरक्षणमा पर्यटनमा चितवन सबैभन्दा अगाडि छ । लालीगुराँस फुल्नेदेखि तोरी फूल्ने, कटुस फल्नेसम्मको ठाउँ चितवनमा छ ।

दुई ठूला नदीहरू नारायणी र राप्ती पनि हाम्रै कोखबाट बगिरहेका छन् । विश्वको दुर्लभ एकसिङे गैंडा र बाघलगायतका अन्य जीवजन्तु पनि यहीँ पाइन्छ । बिभिन्न जातजातिहरूको सघन उपस्थिति र एकतावद्ध मिलन पनि यहीँ छ । यो मल्टी डाइभर्सन भएको स्थान हो । त्यस कारण चितवन राजधानी हुनुपर्दछ भनेका हौं ।

बजेटमा भेदभाव भयो

बजेटका विषयमा कुरा गर्दा रामशरण महतजीले आफ्नै निजी सम्पती दिने जस्तो गर्नुहुन्छ । म केन्द्रीय सरकारसँग गुनासो गर्न चाहान्छु । चितवनलाई बजेटमा बेवास्ता गर्नुको कारण के हो ?

नेकपा एमाले चितवनलाई कुनै पनि हालतमा टुक्राउन दिने पक्षमा छैन । चितवन सम्भव भएसम्म छुट्टै प्रदेश हुनुपर्छ । नभए पनि केन्द्रशासित प्रशासनिक राज्यका रुपमा रहनुपर्छ

जुन ढंगले चितवनका लागि बजेट आउनु पर्दथ्यो, त्यो आएन । हामीले चितवनमा ३० बर्षे योजना, २० बर्षे योजना, वृहत चितवन गुरूयोजना लगायतका योजनाहरू बनाएका छौं । यहाँ सडक सञ्जालको व्यवस्था गर्नुपर्नेछ । यहाँको पर्यटन, सडक सञ्जाल र मेडिकल सिटी, र शैक्षिक केन्द्रलाई बेवास्ता गरिनु गलत भएको छ । हामीसँग हाल ६ वटा भए पनि ८ वटा नगरपालिका हुँदैछन् । यसका लागि पूर्वाधार बिकास आवश्यक छ । तर, सरकार बजेट दिन कन्जुस्याइँ गर्दैछ, यसलाई सच्याउनुपर्दछ ।

अर्थमन्त्रीले चितवनलाई जुन ढंगले बेवास्ता गर्नुभयो, त्यसमा चितवनबासीले दुःख मानेका छन् । पछि उहाँले एमालेकै आग्रहमा उहाँले आफ्नो गल्ती स्वीकार गरिसक्नुभएको छ । संयुक्त सरकारको अवधारणाअनुरूप काम भएका छैनन् । कांग्रेसको एकलौटी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment