Comments Add Comment

पाकिस्तानी चरमपन्थी पक्राउ परेको भारतीय सुरक्षा बलको दाबी

pakistani-terrorist-usman

२० साउन, काठमाडौं । जम्मू श्रीनगर राष्ट्रिय राजमार्गमा सीमा सुरक्षा बल बीएसएफमाथि आक्रमण गर्ने चरमपन्थी पक्राउ परेको भारतीय सुरक्षा बलले दाबी गरेको छ ।

बुधबार उधमपुरमा बीएसएफको टोलीमाथि चरमपन्थी आक्रमण भएको थियो । जसमा दुई जवानको मृत्यु भएको थियो भने पाँच घाइते भएका थिए । सुरक्षा बलको जवाफी कारबाहीमा एक चरमपन्थी मारिएका थिए ।

चरमपन्थीहरुले नजिकैको गाउँको एक स्कुलमा तीन जनालाई बन्धक समेत बनाएका थिए । उधमपुराका उपआयुक्तलाई उदृत गर्दैर् समाचार एजेन्सी पीटीआईले जनाए अनुसार एक चरमपन्थी पक्राउ परेका छन् ।

जम्मू क्षेत्रका पुलिस महानिरीक्षक दानिश राणाले बताए अनुसार पक्राउ पर्नेको नाम उस्मान हो र उनी पाकिस्तानको फैसलाबादका हुन् ।
चरमपन्थीले खेतमा लुकेर बीएसएफको टोलीमाथि फायरिङ गरेको राणाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment