Comments Add Comment

आगलागीमा परी न्यूजिल्याण्डमा एकै परिवारका तीन नेपालीको मृत्यु

Tej-Narayan-Kafle-Family-1

२० साउन, काठमाडौं । न्यूजिल्याण्डमा आगलागीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । साउथ क्यान्टबरीको वाइमेटमा होटल व्यवसाय गरेर बस्ने तेज नारायण काफ्लेसहित उनकी पत्नी र छोराको मृत्युको छ ।

३९ वर्षीय काफ्लेकी पत्नी टिका काफ्ले र ९ वर्षका छोरा प्रेमको ज्यान गएको हो । आगलागीबाट उनका तीन जना जना छोरीले भने ज्यान जोगाएका छन् ।

२३ वर्षकी तुलसा, १६ वर्षकी मनिषा र १२ वर्षकी ममता आगलागीका कारण गम्भीर घाइते भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । उनीहरुको टीमरु हस्पतालमा उपचार भइरहेको छ ।

क्वीन्स रोडमा उनीहरुले संचालन गरेको एभरेष्ट रेष्टुराँको भवनमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । रेष्टुराँको माथिल्लो तलामा सुतिरहेका बेला बिहानीपख आगलागी भएको थियो ।

Tej-Narayan-Kafle-Family
काफ्लेको परिवार : क्रमशः तुलसा, परिचय नखुलेका व्यक्ति, मनिशा, तेज, ममता, टिका र प्रेम

काफ्लेकी माहिली छोरी मनिषाले झ्याल फुटाएर बाहिर निस्कि काकालाई फोन गरेकी थिइन् । त्यसपछि मात्र प्रहरी र अग्नि नियन्त्रकले उद्दार गरी तीन छोरीलाई अस्पताल पुर्‍याएका थिए भने बाबुआमा र छोराको निधन भइसकेको थियो ।

उनीहरुले संचालन गर्ने रेष्टुँराको किचनबाट आगो लाग्न सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ । गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डका अध्यक्ष चक्र थापाले काफ्ले दम्पत्ति र छोराको निधन भएको पुष्टी गरे ।

काफ्ले नौ बर्ष पहिले न्यूजिल्याण्ड पुगेका थिए सन् २०१३ मा परिवारलाई लगेका थिए । १८ महिनाअघि काफ्लेले यो रेष्टुँरा किनेर क्रिस्टचर्चबाट त्यहाँ सरेका थिए ।

आगलागीको घटनापछि सानो आकारमा रहेको न्यूजिल्याण्डको नेपाली समुदायमा शोक छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment