+
+

५ बर्ष ‘लिभ इन रिलेशन’मा बसेर बिहे गर्न चाहन्छिन् पूनम पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २१ गते १२:११

हट फोटोसुट गरेर चर्चामा आउने गरेकी मोडल एवं नायिका पूनम पाण्डे ‘लिभ इन रिलेशन’को पक्षमा छिन् । उनको भनाई अनुसार हरेकले विवाह गर्नु अघि आफुले विवाह गर्ने ब्यक्तिलाई नजिकवाट चिन्नुपर्छ । त्यसका लागि सबै भन्दा सजिलो उपाय भनेकै ‘लिभ ईन रिलेशन’ हो । तर, उनले आजसम्म कसैसँग पनि ‘लिभ ईन रिलेशन’मा नबसेको बताईन् ।

भारतीय सञ्चारसंस्थासँग कुरा गर्दै उनले भनिन्-‘म अहिलेसम्म लिभ इन रिलेशनसीपमा बसेकी छैन । बसेपछि सबैलाई भन्छु ।’ केही समय सम्बन्ध गाँसेर विचार बुझेपछि मात्रै विवाह गर्ने पक्षमा उनी प्रतिबद्ध छिन् ।

poonam-pande-hot

अहिले अभिभावकसँगै बसेकाले लिभ ईन रिलेसन सम्भव नभएको उनको भनाई थियो । तर, बिबाह गर्नुअघि ३ देखी ४ वर्ष लिभ इन रिलेशन बनाउने उनको योजना छ ।

धेरै पत्रकारले पुरुषसँगको सम्बन्धवारे कुरा गर्दा दिक्का लाग्दो रहेछ उनलाई । उनले झर्किदै भनिन्-‘म जुनदिनदेखि रिलेशनमा रहन्छु सब पत्रकारलाई चिच्याएर भन्छु ।’

पहिलो पटक स्कुल पढ्दा एकजनाले प्रेमप्रस्ताब आएको थियो उनलाई । तर, फेरि दोस्रो पटक अरु कसैले प्रस्ताब राखेको छैन । अहिले सिंगल रहेकी पुनम योग्य साथी भेटिन् भने सम्बन्ध बनाउन आतुर छिन् । उनलाई मायालु पुरुष भए पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?