+
+

कसले सुरु गर्‍यो अखण्डको नारा ?

२२ साउन, काठमाडौं । दलहरुले ६ प्रदेशको सीमांकनका लागि सहमतिको प्रयास गर्दै गर्दा परस्पर विरोधी समूहहरु बन्न थालेका छन् । जिल्ला टुक्राउन नहुने अडान अञ्चल र विकास क्षेत्रमा सरेको छ र संघीयताको गाँठो फुक्नुभन्दा झन् कसिएको छ । कुनै सहमति भएपछि नेताको स्वार्थका कारण विकृत संघीयता बन्ने देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २२ गते १९:३५

राजकुमार श्रेष्ठ

२२ साउन, काठमाडौं । दलहरुले ६ प्रदेशको सीमांकनका लागि सहमतिको प्रयास गर्दै गर्दा परस्पर विरोधी समूहहरु बन्न थालेका छन् ।
prachanda (5)
जिल्ला टुक्राउन नहुने अडान अञ्चल र विकास क्षेत्रमा  सरेको छ र संघीयताको गाँठो फुक्नुभन्दा झन् कसिएको छ । कुनै सहमति भएपछि नेताको स्वार्थका कारण विकृत संघीयता बन्ने देखिएको छ ।

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भीम रावल लगायतले अखण्ड सुदूरपश्चिमको अडान लिइरहँदा एमाले उपमहासचिव विष्णु पौडेल, कांग्रेसका बालकृष्ण खाँड, एमाओवादीका टोपबहादुर रायमाझी लगायतले अखण्ड लुम्बिनीको माग राखेका छन् । यस्तै गण्डकी अञ्चलका नेताहरुले अखण्ड गण्डकीको माग अघि सारेका छन् ।

अझ रोचक त के छ भने हिजो मधेस केन्द्रीय दलहरु एक मधेस प्रदेशभन्दा चर्को विरोध गर्नेहरुले नै अहिले अखण्डको जब्बर अडान लिइरहेका छन् । बरु, मधेसवादी एक मधेस प्रदेशबाट गलेर दुईमा झरेका छन् ।

आखिर कसले सुरु गर्‍यो अखण्डको नारा ?

Gagan Thapa 400जनआन्दोलन ताका सडकमा संघीयताको नारा लगाउने मध्येका एक गगन थापा भन्छन्, हामीले अब जिल्ला रहँदैन, गाउँ रहँदैन । नयाँ प्रदेश बन्छ र फलानो गाउँको भन्ने पहिचान रहँदैन भन्दा मानिसहरु सहज रुपमा लिन्थे ।
परिर्वतनलाई स्वीकार गरेका थिए । उसो भए कहाँबाट सुरु भयो त अखण्डको नारा ?

संघीयताको बहस हुँदै गर्दा चितवन मधेसमा रहने कि उत्पत्यकामा भन्ने विवाद केन्द्रमा आयो । चितवन चार टुक्रासम्म हुन सक्ने अवस्था थियो ।

र, स्थानीय स्तरमा एक समूहले चितवनलाई अखण्ड राख्न नहुने माग सुरु भयो । त्यसलाई मलजल गर्ने काम भने एमाओवादी अध्यक्ष प्रचण्डले गरे । कांग्रेस नेता गगन सम्झन्छन्, चितवनको टिकौलीको सभामा मलाई पनि निम्तो आएको थियो । तर, म जान सकिँन । त्यहाँ प्रचण्डले बडो मच्चिएर चितवन अखण्ड रहन्छ भन्नुभयो ।’

त्यसको एक सातापछि सुदूरपश्चिममा अखण्ड सुदूरपश्चिमका लागि विस्तार अवाज उठ्यो । प्रचण्डको चितवनको अखण्ड हुनु पर्ने र हाम्रो सुदूरपश्चिम टुक्रिने भन्दै मानिसहरुले अखण्ड सुदूरपश्चिमको नारा लगाए । जसलाई कांग्रेस नेता शेरबहादुर देउवादेखि एमालेका भीम रावल र एमाओवादी लेखराज भट्टले समर्थन गरे ।

पूर्वमा केपी शर्मा ओली र कृष्ण सिटौलाले झापा मोरङ, सुनसरी अखण्ड अर्थात पहाडमा हुनुपर्ने अडान लिए । यही अखण्डको अडानले अघिल्लो संविधानसभा संविधान नै नबनाई विघटन हुने अवस्थामा पुग्यो ।

कांग्रेस नेता गगन थापाको आरोप छ- अखण्डका सर्जक एमाओवादी अध्यक्ष प्रचण्ड हुन्

दोस्रो संविधानसभा निर्वाचनमा जाँदा कांग्रेसले जिल्ला नटुक्र्याउने घोषणा पत्रमा लेखेर नै गयो । अहिले संविधानको पहिलो मस्यौदामा जिल्लाको संरचना नै राख्ने भनेर गएपछि धेरै मानिस ठूलो परिर्वतनका लागि तयार भएन ।

तर, कुनै समय परिर्वतनका लागि तयार भएका जनताले यो अवस्थामा ल्याउने शीर्षनेताहरु नै हुन् । सुरुमा मेरो क्षेत्र, जिल्ला भन्दै शीर्षनेताहरु नै अखण्डको पक्षमा भनिए । उनीहरुले कार्यकर्तालाई अखण्डको पक्षमा उभ्याए र अहिले सबैले अखण्डलाई नारा बनाएका छन् ।

कांग्रेस नेता गगन भन्छन्- ‘जसलाई देश हेर्न दिएइको छ, उसले आफ्नो जिल्ला हेर्न मिल्छ भने अरुले आफ्नो क्षेत्र हेर्नु अस्वभाभिक होइन ।’

नेताले संघीयता बुझेनन् : खनाल

Krishna Khanalराजनीतिक विश्लेषक कृष्ण खनाल भने नेताहरु संघीयताका लागि मानसिकरुपमा तयार नै नभएको ठान्छन् । ‘संघीयता भनेको राजनीतिक प्रशासनिक रुपमा आन्तरिक विभाजन नै हो’ खनालले अनलाइनखबरसँग भने-‘अखण्ड भन्नु भनेको संघीयता चाहिँदैन भन्ने मानसिकता हो ।’

खनालका अनुसार संघीयताको माग गर्ने आदिवासी जनजाति र मधेसीले पनि संघीयता चाहिँदैन भन्नेहरुलाई विश्वासमा लिन सकेनन् । बरु आफ्नो चोइटो मात्र खोज्न थाले, जसले अहिलेको गन्जागोल भएको हो । राजनीतिक विश्लेषक खनाल भन्छन्-संघीयता चाहिनुको मौलिक कारणहरु छन् । तर, हामीकहाँ संघीयतालाई नारा मात्र बनाइयो र मानसिक रुपमा नेताहरु नै तयार भएनन् ।’

कांग्रेस नेता गगन थापा भने संघीयतामा नै गए पनि विकासकै लागि पनि कतिपय जिल्लाहरु टुक्राउनुपर्ने अवस्थामा रहेको बताउँछन् । त्यसैले अहिले संघीयतामा छलफल गर्दै गर्दा सात आठ जना नेता सहमत भए भने जनताले मान्छन् भन्ने सोच्नु गलत हो । आज सरोकारवाला पक्ष र जनताको स्वकार्यता महत्वपूर्ण हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?