Comments Add Comment

एनआरएन नेदरल्याण्डको अध्यक्षमा हिमाल गुरुङ निर्वाचित

नेदरल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डको अध्यक्षमा हिमाल गुरुङ निर्वाचित भएका छन् । एनआरएनए एनसीसी नेदरल्याण्डको आगामी कार्यकालका लागि भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा केशवराज पाण्डे निर्वाचित भए ।

NRN NCC netharlandसमितिको दुई उपाध्यक्षमा झलक जीसी र महेन्द्र सुवेदी निर्वाचित भएका छन् भने महासचिवमा अच्यूत कट्टेल, सचिव प्रभात पौडेल, कोषाध्यक्षमा घनश्याम सापकोटा र सह-कोषाध्यक्षमा स्कुस बजगाईँ निर्वाचित भए । कार्य समिति सदस्यमा अमृत पुन, हिरणी ओझा, लक्ष्मण रिजाल र राजु थापा निर्वाचित भएका छन् ।

यस्तै, आइसीसी सदस्यमा श्रीराम कंडेल, युवा संयोजकमा मनबहादुर कार्की र महिला संयोजकमा साबित्री रिजाल चुनिएका छन् । एनआरएनए एनसीसी नेदरल्याण्डको क्षेत्रीय संयोजकमा कृष्णबहादुर गुरुङ्, राजेन्ऽ कंडेल, रमेश शिवाकोटी, पारस राई र शान्ती घले निर्वाचित भए ।

एनआरएनए आईसीसी अध्यक्ष शेष घलेले अधिवेशनको उद्घाटन गर्दै प्रवासमा रहेका आम नेपालीका लागि एनआरएनए आवश्यक पर्ने उल्लेख गर्दै वैशाखमा गएको भूकम्पका बेला आफूहरुले गरेको सहयोगको सबै क्षेत्रबाट प्रशंसा भएकोले थप उर्जा मिलेको बताए ।

अधिवेशन उद्घाटन समारोहमा प्रवासी नेपाली एकता समाज नेदरल्याण्डका अध्यक्ष बिक्रम बाँनिया, गुरुङ समाज नेदरल्याण्डका अध्यक्ष सुनिल गुरुङ्, नेपाल समाज नेदरल्याण्ड महासचिब नरबहादुर लामा, प्रवासी नेपाली मन्चका अध्यक्ष टीकाराम सापकोटा, नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका अध्यक्ष दीपक रेग्मीले एनआरएन नेदरल्याण्डले गरेको सामाजिक कार्यको प्रशंसा गरे ।

यस्तै, एनआरएन नेदरल्याण्डका पूर्व अध्यक्षहरु हरी पौडेल, नारायण आचार्य, एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ्, एनआरएन आइसीसी बेलायतका सदस्य कुल आचार्य, अन्तर्राष्ट्रिय नेपाली कलाकार मंचका अध्यछ पुष्प बरुवाल, एनआरएन युरोप क्षेत्रीय सह-संयोजक सिसोन सापकोटा, एनआरएन अन्तरर्राष्ट्रिय महिला कोअर्डिनेटर सपिला राजभण्डारी, एनआरएन युरोप क्षेेत्रीय संयोजक अर्जुनकुमार श्रेष्ठ, एनआरएन केन्द्रीय सल्लाहकार तथा एनआरएन नेदरल्याण्डका संस्थापक अध्यक्ष शशी पौडेल लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

एनआरएन नेदरल्याण्डका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन महासचिब अच्युत कट्टेलले गरेका थिए ।

– द्राेण रिजालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment