+
+

संविधानसभाको गेट फोर्ने भनेपछि राप्रपा नेपालको जुलुसमा लाठी प्रहार (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २९ गते १६:०६

RPP Nepal Protest and Jhadap (17)

२९ साउन, काठमाडौं । हिन्दुराष्ट्र माग गर्दै प्रदर्शनमा उत्रिएका राप्रपा नेपालका कार्यकर्ता संविधानसभा भवनतर्फ अघि बढ्न खोजेपछि बानेश्वरमा झडप भएको छ ।

राप्रपा नेपालले पार्टी अध्यक्ष कमल थापाको अगुवाइमा बबरमहलबाट जुलुस प्रदर्शन गरेको थियो । बानेश्वरमा पुगेपछि प्रदर्शनकारी अनियन्त्रित भएका थिए ।

कमल थापाले रोक्ने प्रयास गर्दा गर्दै आन्दोलनमा सहभागीहरुले निषेधित क्षेत्र तोडेका थिए । कमल थापाकै भाइ गणेश थापा आफ्नै निषेधित क्षेत्र तोड्न पुगेका थिए ।

RPP Nepal Protest and Jhadap (5)
निषेधित क्षेत्र तोड्न पुगेका सभासद एवं कमल थापाका भाइ गणेश थापा

प्रहरीले राखेको तार बार हटाएर उनीहरु बानेश्वर चोकसम्म पुग्दा पनि प्रहरीले सुरक्षा दिएको थियो । तर, अब संविधानसभा गेट फोड्ने भन्दै केही मानिसहरु संविधानसभाको गेटतर्फ अघि बढे, त्यसपछि प्रहरीले रोक्दा झडप भएको प्रत्यक्षदर्शीले बताए ।

प्रहरीले संविधानसभातर्फ अघि बढेको भिडलाई रोक्ने क्रममा झण्डै एक दर्जन अश्रुग्यास हान्नुका साथै प्रदर्शनकारीहरुलाई अन्धाधुन्द लाठी हानेको थियो ।

झडपका क्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य चिरागमान सिंह कुावर र गोपाल दाहाल घाइते भएका छन् । राप्रपा नेपालका प्रवक्ता मोहन श्रेष्ठका अनुसार अन्य १७ जना प्रर्दशनकारी पनि घाइते भएका छन् ।

RPP Nepal Protest and Jhadap (1) RPP Nepal Protest and Jhadap (2)

RPP Nepal Protest and Jhadap (6)
झडपको अवस्था बनेपछि कमल थापालार्इ सुरक्षा दिँदै

RPP Nepal Protest and Jhadap (4)

RPP Nepal Protest and Jhadap (7)

RPP Nepal Protest and Jhadap (10)

RPP Nepal Protest and Jhadap (11)

RPP Nepal Protest and Jhadap (13)

RPP Nepal Protest and Jhadap (14)

RPP Nepal Protest and Jhadap (15)

RPP Nepal Protest and Jhadap (16)

RPP Nepal Protest and Jhadap (21)
गाडीमा चढेर भाग्दै गरेका सभासद गणेश थापा लगायतलार्इ लाठी हान्ने प्रयासमा प्रहरी

RPP Nepal Protest and Jhadap (22)

RPP Nepal Protest and Jhadap (18)

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?