+
+

मिनरल वाटरमा भेटियो लेदो

२९ साउन, ताप्लेजुङ । ताप्लेजुङमा मिनिरल वाटरमा अखाद्य बस्तु माटोको लेदो फेला परेको छ । देवी पाथिभरा ईन्ड्रस्ट्रिज बिर्तामोड झापाले उत्पादन गरेको लाईफ लाईन नामक शिलबन्दी प्याक पानीको बोतलमा लेदो भेटिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २९ गते १६:४५

Lifeline-Mineral-Water

  • लाइफलाइन मिनरल वाटरको शिलबन्दी बोतलभित्र भेटिएको लेदो

२९ साउन, ताप्लेजुङ । ताप्लेजुङमा मिनरल वाटरमा अखाद्य बस्तु माटोको लेदो फेला परेको छ । देवी पाथिभरा ईन्ड्रस्ट्रिज बिर्तामोड झापाले उत्पादन गरेको लाईफ लाईन नामक शिलबन्दी प्याक पानीको बोतलमा लेदो भेटिएको हो ।

सदरमुकाम फुङलिङ नगरपालीका ८ का जितेन्द्र लिम्बुले पिउन खरीद गरेको तीन बोतल पानीमध्ये ब्याच नम्बर १३७/१७/८०८८ नम्बरको बोतलमा लेदो भोटिएको हो ।

Til-Kumar-Menwangbo,-Former
थेचम्बुको नागरिक सुनुवाई कार्यक्रममा लेदो भेटिएको बोतल देखाउँदै कार्यक्रममा सहभागि पूर्व सभासद तिलकुमार मेन्याङ्बो ।

यसअघि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जिल्लाकै थेचम्बु गाविसमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा पनि लगिएको देवी पाथिभरा ईन्ड्रस्ट्रिज बिर्तामोड झापाले उत्पादन गरेको लाईफ लाईन नामक खानेपानीमा पनि माटोको लेदो फेला परेको थियो ।

सो पानी प्रयोग नगरी फकाएर सदरमुकाम ल्याएको कार्यक्रममा सहभागी स्थानीय सञ्चारकर्मी सिताराम गुरागाईंले बताएका छन् । फोहोर पानी बजारमा पठाएर कम्पनीले सर्वसाधारण उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।
– रविन भट्टराईबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?