Comments Add Comment

रौतहटमा दुई जनाको शव भेटियो

गौतम श्रेष्ठ
१ भदौ, रौतहट । रौतहटको अलग अलग स्थानमा दुइ व्यक्तिको शव फेला परेको छ । दुई मध्ये एक जनाको अत्याधिक मदिरा सेवनको कारण ज्यान गएको हो भने अर्को एक शवको सनाखत हुन सकेको छैन ।

लौकाहा गाविस वडा नम्बर ७ स्थित धान खेतमा स्थानीय ५८ वषिर्य मोलाजीम मियाँको शव फेला परेको प्रहरीले जनाएको छ । गाँउलेका अनुसार गएराति लैकाहा बजारबाट मदिरा सेवन गरेर घर फर्कने क्रममा धानको आलीबाट लडेर मियाको मृत्यु भएको हो । बजारमा अत्याधिक मदिरा सेवन गरेर घर हिडेका मियाँ रातिसम्म घर नपुगे पछि परिवारजन र आफन्तले खोजी गर्दा राति ११ बजे धान खेतमा मृत अवस्थामा भेटिएका थिए ।

यस्तै रौतहटकै कटहरीया २ स्थित लालबकैया खोलाको पुल मुनि अन्दाजी २५ वषिर्य पुरुषको शव फेला परेको छ । स्थानीयले मंगलबार बिहान पुलमुनि शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । मृतकको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुवै शव पोष्टमार्टमका लागि गौर स्थित जिल्ला अस्पतालमा राखिएको प्रहरी नायव उपरिक्षक सुधीर राज शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment