Comments Add Comment

बलिउडका हट गायिकाः जोसित मिठो स्वर मात्रै होइन सुन्दर रुप पनि छ

मुम्बई । मिठो स्वर हुनेहरुको अनुहार पनि सुन्दर हुन्छ भन्ने छैन । तर, बलिउडमा भित्रिएका पछिल्लो पुस्ताका गायिकाहरुमा स्वर र सुन्दरताको दोहोरो संगम भेटिन्छ । स्टेजमा गाउँदा उनीहरुको ग्ल्यामर कुनै हिरोइनको भन्दा कम देखिँदैन । यहाँ त्यस्तै भारतीय गायिकाहरुको चर्चा गरिएको छ, जसले ‘हट’ उपमा पाएका छन् ।

सुनिधी चौहानः सुनिधी बलिउडकी प्रभावशाली गायिकाको रुपमा चिनिन्छिन् । उनी केबल हिन्दी फिल्ममा मात्रै गाउँदिनन्, उडिया, पञ्जाबी, मराठी, तमिल लगायत अरु धेरै भाषामा गाउँछिन् । बन्टी और बबली, चमेली, धुमलगायत दर्जनौ चलचित्रमा उनले गाएका गीतहरु हिट छन् । सुनिधीको आवाज मात्रै सुन्दर होइन, अनुहार र जिउडाल पनि कुनै हिरोइनको भन्दा कम छैन । स्टेजमा गाउँदा उनी निकै हट देखिन्छिन् ।

Beautiful-Sunidhi-Chauhan

नेहा कक्कडः
सञ्जय लीला भन्साली निर्देशित चलचित्र ‘ब्लु’ मा थीम सँग गाएपछि हिन्दी फिल्ममा पाश्र्वगायन सुरु गरेकी थिइन् नेहाले । त्यसपछि उनले ककटेल, यारिया, क्वीन लगायत दर्जनौ फिल्ममा गाएकी छिन् । उनी पनि कम्ति ग्ल्यामरस छैनन् ।

अनुष्का मनचन्दाः सन् २००६ मा बनेको ‘गोलमाल’ मा गाएपछि हो अनुष्काले फिल्म गायनमा चर्चा पाउन थालेको । त्यसपछि उनले उंगली, गोलमाल रिटन्र्स, रेस, डेढ इस्किया लगायतका फिल्ममा गाएकी छिन् । उनको आवाज मात्र होइन रुपका प्रशंसकहरु पनि धेरै छन् ।

श्रेया घोषालः सञ्जयलीला भन्साली निर्देशित ‘देवदास’ को डोला रे डोला रे…गीतमा स्वर दिएपछि श्रेयाको करियर यसरी उठ्यो कि उनले आजसम्म पछाडी फर्केर हेर्न परेको छैन । जिस्म, एलओसी कारगिल, मै हुना, जहर, आशिकी-२ लगायतका फिल्ममा स्वर दिएकी थिइन् । उनको गीतसँगै सुन्दरताको पनि प्रशस्त चर्चा हुन्छ ।

shraya-ghosal

मोनिका डोंगाराः नयाँ गायिका हुन् मोनिका । चलचित्र धोबीघाटका लागि गीत गाएपछि चर्चामा आएकी मोनिकाले ‘ब्रेकके बाद ह्वाट’ फिल्मी गायन सुरु गरेकी थिइन् । गायनमा त्यति धेरै सक्रिय नभए पनि उनको सुन्दरताले भने राम्र्रै चर्चा पाउँदो रहेछ ।

मोनाली ठाकुरः मोनाली गायनको साथै अभिनयमा पनि सक्रिय छिन् । हिन्दी चलचित्र ‘लव इन नेपाल’ मा अभिनय गरेकी मोनालीले लुटेरा, एक पहेली लीला, रेस लगायतका फिल्ममा गाएकी छिन् ।

नीति मोहनः स्टुडेण्ट अफ द इयरको इश्कवाला लभ….बोलको गीत गाएपछि नीतिको चर्चा राम्रै भएको थियो । जब तक है जान, चेन्नई एक्सप्रेश लगायतका फिल्ममा उनले स्वर दिएकी छिन् ।

कनिका कपुरः ज्याक्लिन फर्नान्डेजले डान्स गरेको चिट्टयिा कलाईया र सन्नी लियोनीले डान्स गरेको गीत बेबी डोलमा कनिकाले स्वर दिएकी थिइन् । कटि्रना कैफका लागि ‘कमली… र दीपिका पादुकोणका लागि ‘लवली’ जस्तो गीत गाउने पनि उनै हुन् । उनी पनि सुन्दर गायिकाहरुको सुचीमा पर्छिन् ।

Kanika-Kapoor-Singer-Photos

शाल्मली खोलगडेः गोरो वर्णकी यी गायिकाको पनि चर्चा कुनै नायिकाको भन्दा कम छैन । इश्कजादेपछि ककटेल, रेस-२, मै तेरा हीरो, ये जवानी है दीवानीमा गाएकी छिन् उनले ।

नेहा भसीनः  मधुर भण्डारकर निर्देशित चलचित्र ‘फेशन’ मा गीत गाएपछि चर्चा निकैभएको थियो नेहा भसीनको । स्वरको जादु त थियो नै, रुपको समेत उत्तिकै चर्चा हुन्थ्यो उनको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment