काठमाडौं । लोक तथा आधुनिक गीतमा आफ्नै शैली स्थापित गरेकी छिन् गायत्री थापाले । शब्द रचनाको माध्यमवाट संगीत क्षेत्रमा प्रवेश गरेकी गायत्री गायनदेखि मोडलिङमा समेत संलग्न छिन् ।
उनै गायिका थापाको शब्दमा तीज गीत आएको छ । ‘माइती घरको झल्को…’ अर्कि पुरानी गायिका देबी घर्ती मगरको स्वरमा रेकर्ड गरिएको उक्त गीतमा तीजका केही मौलिक प्रसंग प्रस्तुत गरिएको गायिका थापाको भनाई छ ।
‘पछिल्लो समय तीज गीतमा माईतीका प्रसंगले कम स्थान पाए जस्तो लाग्यो । त्यही भएर मैले माइतीघरका कुरा बढी राखें । अनलाइनखबरसँग कुरा गर्दै गायत्रीले भनिन् ।
नेपालका गाउँघरमा अहिले पनि तीजमा दर खाने भन्दै चेलीबेटीहरु माइती जाने गरेको बताउने गायत्री आफ्नो गीत ती महिलाहरुलाई मन पर्ने दाबी गर्छिन । जो अहिले पनि तीज मनाउन भन्दै माईती जान्छन् ।
शिबदर्शन डिजिटलले बजारमा ल्याएको उक्त गीतमा राजु सुनामको लय रहेको छ । गीत मार्फत आफ्नै गाउँ चिनाउने अभियानमा रहेकी गायत्री पछिल्लो समय सामाजिक काममा पनि सक्रिय छिन् ।