१ भदौ, सप्तरी । सप्तरीको अर्नाहा गाविस १ प्रहरीले २०५ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । सप्तरीको अर्नाहा ५ स्थित तनुक लाल यादवको घरमा लुकाइ राखेको दुई सय पाँच किलो गाँजासहित गाँजा तस्करीमा संलग्न सप्तरी टिकुलिया २ का ३५ वर्षीय गणेश पासवानलाई पक्राउ गरेको हो ।
पासवानलाई आईतबार साँझ साढे ९ बजेतिर तनुकलालको घरमा गाँजा भण्डारण गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा अन्य ९ जनाको समेत संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ । उनीहरु फरार रहेकाले खोजी भइरहेको छ ।
प्रहरीले तस्करीमा प्रयोग भएको स. १ च १००३ नम्बर को स्कारपीयो जीप र ज ४ प १४३ नम्बरको मोटरसाईकलसमेत नियन्त्रणमा लिएको छ ।
यादवको घरमा गाँजा ल्याइ भण्डारण गर्ने गरेको भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी कठौनाको टोलीले आईतबार राति ९ बजे उनको घरमा छापा मारेको थियो । खानतलासीकाक्रममा यादवको घरभित्र १२ वटा जुटको बोरामा प्याकिङ गरेको अवस्थामा २०५ किलो गाँजा फेला परेको थियो ।
घर धनि यादव बैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेका छन् । उनकी श्रीमती भने फरार रहेको प्रहरीले जनाएको छ ।
पासवानलाई इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप अनुसन्धान पश्चात कारवाही अगाडि बढाइने प्रहरी निरीक्षक छेदीलाल कामतीले जानकारी दिए ।
प्रतिक्रिया 4